Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बच्चामा जन्मजात हुने गंभीर रोगहरु !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 5.8K
    SHARES

बच्चाहरुमा केही रोगहरु जन्मजात नै हुन्छन् जसको कारण बच्चाहरु पछि धेरै बिरामी बन्छन् । जन्मजात असमानताहरु शारीरिक एवम मानसिक दुवै हुन सक्छ ।

यसमा धेरै जसो समस्या स्नायू नलीसँग सम्बन्धित हुन्छ जसलाई ‘न्युरल ट्युव डिफेक्ट’ भनिन्छ । अझै यसमा पनि धेरैजसो ‘स्पाइना बाइफिडा’ को समस्या देखिने गरेको पाइन्छ । यी रोगहरुबाट बच्ने सबैभन्दा सरल उपाय हो जानकारी र सावधानी ।

स्पाइना बाइफिडा

बच्चाहरुमा हुने जन्मजात रोगमा स्नायू नलीसँग जोडिएका समस्या सबैभन्दा धेरै पाइन्छ । धेरै बच्चाहरु यो समस्या सँगै जन्म लिन्छन् ।

स्पाइना बाइफिडामा बच्चाको मेरुदण्ड चर्किएको हुन्छ र कहिलेकाँही स्पाइनल कर्ड पनि बाहिर निस्किएको हुन्छ । यसको कारणले चर्र्किएको स्थानको तलको मांसपेशी कमजोर हुन्छ । यसले बच्चाको तल्लो हिस्सामा पक्षघात हुन्छ ।

अमस्तिस्कता

यो स्नायू नलीको सबैभन्दा गम्भिर समस्या हो । धेरै बच्चाहरु जन्मजात यो समस्या लिएर जन्मिन्छन् । यो समस्या सहित जन्मेका बच्चामा टाउकोको हड्डीको उपल्लो भाग एवम् प्रमस्तिस्क नै हुँदैन ।

एड्रिनल ग्रन्थीहरु क्षतिग्रस्त हुन्छ त्यसैले शिशुहरु केही क्षणको लागि मात्रै जिवित रहन्छन् र त्यसमा अधिकांश छोरी हुन्छन् ।

हाइड्रानेसिफेली

यो रोगमा शिशुको टाउको असामान्य रुपमा ठूलो हुन्छ । मस्तिस्कको भेट्रिकल्समा सोरिब्रोस्पाइनल रसको मात्रा धेरै हुनाले टाउकोको हड्डी पातलो हुन्छ जुन दिमागी विकलांगताको कारण बन्छ ।

यस बाहेक पनि केयौं समस्या छन् जुन जन्मदेखि नै पाइन्छ जस्तै ओठ काटिएको वा तालु । गर्भावस्थाको प्रारम्भिक क्रममा केही भाइरसको संक्रमणबाट बच्चामा जन्मजात रोग पैदा हुन्छ । अन्य जन्मजात रोगहरुमा बहिरापन, मोतिबिन्दु, हृदयसम्बन्धी रोग र मानसिक रुपले असक्षमता पनि रहेका छन् ।

जन्मजात रोगी बच्चा जन्मिनुका कारण

विकारग्रस्त बच्चा वा जुन बच्चा जन्मजात स्वास्थ्य समस्यासँग पैदा हुन्छन यसको कारण पूर्णतया के हो भनेर थाहा हुँदैन तर मुख्य रुपमा यसलाई दुई भागमा विभाजन गरिएको छ

वंशाणुगत कारण

वातावरणसम्बन्धी कारण

यस्ता समस्याबाट बच्चालाई कसरी बँचाउने

गर्भधारणभन्दा पहिले नै पौष्टिक खाना खाने बानी बसाल्नुहोस् । फलफूल, ड्राइफ्रुट्स, हरियो सागसब्जी, दूग्ध उत्पादन भोजनमा समावेश गर्नुहोस् । जंक फुड खानबाट बच्नुहोस् ।

गर्भावस्था भन्दा पहिले वा गर्भावस्थाको सुरुवाती चरणमा फोलिक एसिडसेवन गर्नाले रोगी बच्चा शिशु जन्मिने सम्भावना कम हुन्छ ।

गर्भधारणको क्रममा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधिको सेवन नगर्नुहोस् । कुनै पनि औषधी लिँदा सावधानी अपनाउनुहोस् ।

यदि महिला मधुमेह, उच्च रक्तचाप, दमबाट पिडित छन् भने गर्भधारणभन्दा पहिले ब्लड सुगरलाई नियन्त्रित राखेर शिशुको जन्मजात विकृतीलाई रोक्न सकिन्छ तर यस भन्दा पहिले चिकित्सकसँग अवश्य सल्लाह लिनुहोस् ।

गर्भावस्थाको प्रारम्भिक हप्तामा एक्सरेबाट बच्नुहोस् । यसले भ्रूणमा खतरनाक प्रभाव पर्छ । सुरुवाती चार महिनामा एक्सरे नगराउनुहोस्

हाइपर वा हाइपो थाइराइडको बिरामीहरुले गर्भधारण गर्नभन्दा पहिले चिकित्सकसँग परामर्श लिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४