काठमाडौं, / प्रचण्ड-नेपाल समुहको नेकपालाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले स्वाकीय सचिव बिरु तामाङलाई पदबाट हटाउनु भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले तामाङलाई माघ ३० गतेदेखि नै लागु हुनेगरी पदबाट हटाउनु भएको हो ।
तामाङलाई गृृहमन्त्रालयले सुचनाहरु ओलीसमुहका संवेदनशील सुचनाहरु प्रचण्ड-नेपाल समुहमा पुर्याउने गरेको आरोप लगाएको छ । त्यस्तैगरी ओलीसमुहतिर रहेर तामाङले युवा संगठनमा भाँडभैलो गरेको गृहमन्त्री थापा निकट स्रातले बताएको छ । गृहमन्त्री थापाको पद बहालीसँगै स्वकीय सचिवमा नियुक्त हुनु भएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले दुई समुहमा विभाजित छ ।