Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिर्गौलामा संक्रमणको सामान्य लक्षण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १६ २०७७
  • 4.3K
    SHARES

मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो छ । खासगरी खराब दिनचर्या र खानपानले मिर्गौलामा अनेकन समस्या देखापर्न थालेका छन् ।

खानपानको गलत बानीले मिर्गोलाको कार्यसम्पादनलाई प्रभावित गर्छ र विषाक्त पदार्थहरु बाहिर निकाल्नबाट रोक्छ । यस्तोमा हाम्रो शरीरले पनि हाम्रो मिर्गाैलामा संक्रमण छ भनेर केही स्पष्ट संकेत दिन्छ ।

बारम्बार पिसाब आउने

यदि धेरै तरल पदार्थहरुको सेवन नगरेको अवस्थामा पनि तपाईंलाई बारम्बार पिसाब फेर्न जानुपर्छ भने यो मिर्गौलामा संक्रमणको स्पष्ट संकेत हो । ब्याक्टेरियाहरुले किड्नीमा हस्तक्षेप गर्नाको कारण यस्तो हुन सक्छ । तपाईंलाई लगातार पिसाब गर्न जाने इच्छा महसुस हुन्छ ।

पिठ्युँमा दुखाई

मिर्गौला सुन्निने र संक्रमणको कारण पिठ्युँको दुखाई हुन सक्छ । यदि तपाईंको पिठ्युमा अचानक दुखाई महसुस हुन्छ भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । लामो समयसम्म पिठ्युँमा दुखाई भएमा यसले किड्नीमा गम्भिर इन्फेक्सनको संकेत दिन्छ ।

पिसाबमा रगत आउने

पिसाबमा रगत आइरहेको छ भने यो मिर्गौलामा संक्रमणको लक्षण हुन सक्छ । पिसाबमा रक्तश्राव कम हुन सक्छ तर यसलाई बेवास्ता नगर्नुहोस् । यो किड्नी सुन्निने कारण पनि हुन सक्छ ।

पिसाब फेर्दा दुखाई

पिसाब फेर्दा पोल्ने र दुखाई महसुस हुनु पनि मिर्गौला संक्रमणको संकेत हुन सक्छ । मानिसहरु अक्सर यसलाई बेवास्ता गर्छन् तर तपाईले तुरुन्त डाक्टरसँग भेट्नुपर्छ । यो मिर्गौला र मुत्राशय सुन्निने कारण पनि हुन सक्छ ।

पिसाब गर्दाको समयमा गन्ध

सामान्य अवस्थामा पिसाबबाट असामान्य गन्ध आउँदैन । यदि अचानक पिसाबबाट अजीव गन्ध आएको जस्तो तपाईंलाई लाग्यो भने यसलाई नदेखेको जस्तो नगर्नुहोस् । यो मिर्गौलामा इन्फेक्सनको कारण हुन सक्छ यस्तो भएमा डाक्टरसँग तुरुन्त भेट्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४