Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वादी अगुवालाई मुख्यमन्त्रीले भने- जग्गा दिन सकिँदैन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १४ २०७७
  • 4.9K
    SHARES

 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन नसकिने बताएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

‘प्रदेश सरकारले चाहेर पनि जग्गा दिन सक्दैन, जग्गा दिनसक्ने कानुनी अधिकार हामीसँग छैन’ मुख्यमन्त्री शाहीले भने । तर, वादी समुदायलाई आयआर्जन गर्ने, घर बनाउने लगायतका अन्य कुनै पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए।

मुख्यमन्त्री शाहीले जग्गा दिन सक्ने अधिकार स्थानीय तह र संघ सरकारसँग मात्रै भएको बताउँदा वादी समुदाय नाराबाजीमा उत्रिएका थिए । सरकारले जग्गा नदिएसम्म धर्ना जारी राख्ने उनीहरुको भनाइ छ ।

मुख्यमन्त्री शाहीले आफूहरुलाई चित्तबुझदो जवाफ नदिएको अगुवा हिक्मत वादीले बताए । अब थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए । दैलेख, जाजरकोट, कालिकोट र सुर्खेतका वादी समुदाय स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै पाँच दिनदेखि धर्नामा बसेका छन् ।

झण्डै ४ सय वादी समुदायका व्यक्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४