सास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । डा. झा भन्छन्, ‘हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’
सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको डा. झाले बताए । सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उनले बताए ।
डा. झा भन्छन्, ‘अहिलेसम्म १२०/१३० मिलिलिटर पानी निकालेका छौं । उहालाई भेन्टिलेटरमा राखेका छौं ।’
यो अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा पुगेका ६०/७० प्रतिशतलाई बचाउन नसक्ने उनले सुनाए । डा. झा भन्छन्, ‘उहाँलाई कसरी बचाउने भनेर हामी लागेका छौं ।’
उनका अनुसार यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनले बताए ।