Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चको फैसलाले संविधान मजबुत बनाएको छ : पूर्वराष्ट्रपति यादव


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 5K
    SHARES

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताएका छन् । उनले  लोकतन्त्र रहेसम्म अब  कसैले पनि ५ बर्षसम्म संसद भंग गर्न नसक्ने उनको भनाइ छ ।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा डा. यादवले सर्वोच्च अदालतलेको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई खुसी दिएको बताए । ‘अदालतको निर्णय एकदमै राम्रो भएको छ,’ उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, संघीयतामा विश्वास गर्नेहरु, समावेशितामा विश्वास गर्नेहरु खुसी भएका छन् ।’

संसद विघटन भएपछि धर्मवादी, क्षेत्रवादी, तानाशाहीवादी जुर्मुराएको स्मरण गर्दै उनले भने, ‘देशमा अब के हुने भन्ने अन्यौलता छाएको थियो  । यी सबै अन्यौलता अदालतले हटाएको छ । अदालतको सम्मान गर्दै नमन गर्न चाहन्छु ।’

न्यायालय र निर्वाचन आयोग सक्षम र निष्पक्ष नभएको देशमा लोकतान्त्रिक व्यवस्था नचल्ने भन्दै डा. यादवले अमेरिकामा ट्रम्प तानाशाही हुँदा अदालत र निर्वाचन आयोगले बचाएको उल्लेख गरे ।

मधेशी दल सरकारमा गएपछि संविधान जारी गरेको ठीकै बुझें

आफूले संविधान जारी गर्दा देशका सबै नागरिक खुसी होउन् भन्ने चाहे पनि सम्भव नभएको डा. यादवले स्मरण गरे । ‘मधेशवादी दल छाडेर एमाले, कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो,’ उनले भने, ‘त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरियो ।’

यो संविधान अनुसार भएको निर्वाचनपछि मधेशको दलले भाग लिएपछि आफूले ठीकै गरेको अनुभूति भएको उनले बताए । ‘मधेशी दल पनि सरकारमा गयो । चुनाव भयो र अगाडि बढिरहेको छ’ उनले भने ।

भारतमा संविधान घोषणा हुन लाग्दा भीमराव अम्बेडकरले संविधान राम्रो र खराब नहुने र अगुवा ठीक रहे संविधान राम्रै बाटोबाट जाने भनेको स्मरण गर्दै डा. यादवले भारतको संविधान १२२ पटक संशोधन भएको र अमेरिकामा २२ पटक संशोधन भइसकेको उदाहरण दिए ।

उनले आर्थिक अनुशासन कुनै पनि दलमा नभएको बताउँदै विधान अनुसार पार्टी नचले, नेता, कार्यकर्ताको आचरण ठीक नभए लोकतन्त्र हल्लिन थाल्ने बताए । ‘अहिले सबैमा यही हालत छ’ डा. यादवले भने, ‘लोकतन्त्रको बारेमा पढ्नुस । बुझ्नुसु र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४