Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घर फर्किदै गरेका पत्रकारलाई बिनाकारण नियन्त्रणमा लिएर ४ घण्टा यातना


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 5K
    SHARES

सुर्खेत । सुर्खेतमा कार्यरत पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिएको छ । काँक्रेविहार दैनिक, नयाँ पत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल कार्यालयको काम सकेर निवास फर्किने क्रममा मङ्गलबार राति प्रहरीले बिना कारण नियन्त्रणमा लिइ यातना दिएको हो 

गोदामलाइनस्थित काँक्रेविहार दैनिकको कार्यालयबाट काम सकेर यरिचौकस्थित निवासमा फर्किने क्रममा मङ्गलबार राति साढे १० बजेदेखि विहान दुई बजेसम्म यरिचौक प्रहरी विटमा डिउटी खटिएका सिपाहीले ‘प्रहरी विट’ भित्र थुनामा राखी कुटपिट गरेको पीडित पत्रकार रावलले बताए ।

‘निवास जानेक्रममा मलाई प्रहरीतर्फ बोलाएर गुण्डागर्दी शैलीमा थर्काए । म कामबाट फर्किएर घर जान लागेको हुँ भन्दापनि बढी बोल्छस् भन्दै कुटपिट गरे,’ पीडित रावलले भने, ‘खानतलासी गरेर मसँग भएको मोबाइल, पर्स, परिचयपत्र लिई । प्रहरी विटभित्र थुनामा राखियो ।’

आफूलाई थुनामा राख्नुको कारण सोध्दा–‘राति किन हिँडेको तेरो पक्राउ पुर्जी आउँदै छ भन्दै नगरप्रहरीको गाडी बोलाइयो ।’

‘हवल्दारको कमाण्डमा आएको गाडी टोलीले ममाथि थप कुटपिट गरि गाडीमा बसाल्यो,’ रावलले भने । प्रहरीसँग पत्रकार दीपक अधिकारीले टेलिफोन कुराकानी गरेपछि मलाई त्यही छोडेर गाडी फर्कियो ।’  उनले भने, ‘मेरो मोबाइल र पर्स फिर्ता दिएर अलपत्र छाडियो ।’

प्रहरीले रातिमा एक्लै हिडिरहेका पत्रकार रावललाई मापसे गरेको भन्दै नियन्त्रणमा लिएको बताएको छ । यद्यपि, प्रहरीले मापसे चेकजाँच गरेको प्रमाण भने राखेको छैन जसले गर्दा प्रहरीले बिना कारण नियन्त्रणमा लिइ यातना दिएको प्रष्ट हुन्छ ।

वीरेन्द्रनगरमा चोरीका घटना बढ्दै आएकोले रातिमा एक्लै हिडेको देखेपछि सोधपुछ गर्न बोलाइएको तर यातना नदिएको नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बुढाले बताए । यद्यपि, सोधपुछ गर्न बोलाइएका रावललाई ४ घण्टासम्म प्रहरी नियन्त्रणमा लिनुले थप रहस्यमय देखिएको छ । 

पत्रकार महासंघद्वारा कारबाहीको माग

पत्रकार रावलमाथि मंगलबार राती प्रहरीले गरेको दुर्व्यवहार कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार महासंघका कर्णाली प्रदेश महासचिव दीपेन्द्र शर्माले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘स्थानीय पत्रिकाको काम सकेर निवासतर्फ जाँदै गर्दा सुर्खेत वीरेन्द्रनगरको यरीचोकमा डिउटीमा रहेका प्रहरीले गरेको दुर्व्यवहारको घटना प्रति महासंघ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो नियमित काम सकेर निवासतर्फ पत्रकार रावलप्रति गरिएको यस प्रकारको दुर्व्यवहारको कडा रुपमा बिरोध गर्दछ ।’

स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने नागरिकको मौलिक हकको सम्मान गर्न समेत महासंघ माग समेत गरेको छ । महासंघले यस्ता प्रकारका घटनाले पत्रकारलाई थप असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथिको धावा बोलेको आफ्नो ठहर रहेको विज्ञप्तीमा भनेको छ ।

स्वतन्त्र, निर्भयका साथ पत्रकारिता गर्ने वातावरण मिलाउन दोषी उपर कानुनी कारवाहीको लागि सम्बन्धित पक्षसँग माग समेत गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४