Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुढ्यौली र खानपानको सम्बन्ध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 5.2K
    SHARES

शरीरमा प्रयाप्त मात्रामा पानीको अभाव र अस्वस्थ खाद्य पदार्थको सेवनको कारण उमेर ढल्केको जस्तो देखिन्छ । उचित मात्रामा पोषक तत्वको कमीको कारण स्वास्थ्यमा हानिकारक हुनुको साथै छालाको चमक पनि हराउँदै गएको हुन्छ ।

धेरै जसो मानिसहरु आफु जवान देखिनको लागि शारीरिक अभ्यास गरिरहेको हुन्छ । कपाल देखि लिएर छाला सम्म हरेक कुरामा ध्यान दिइरहेको हुन्छ । तर दिनोजसो खाइरहने खानामा भने त्यति ध्यान दिएको पाइदैन । धुम्रपान तथा सुर्यको किरणमा धेरै वेरसम्म बस्नाले र प्रदूषणको कारणले पनि उमेरमा केही असर गरेको हुन्छ । केही खाद्य पदार्थले एजिंग प्रक्रियालाई बढाइरहेको हुन्छ । यसले छालामा चाउरीपन देखिनुको साथै छालाको कोशिकाहरु मर्छ ।

साधारणतया गर्मी मौसममा पाईने चिसो पेयपदार्थहरु जस्तै, कोक, पेप्सी आदिको सेवन बढी मात्रामा हुने गरेको छ । यस्ता पेयपदार्थले उमेरमा केही असर पारेको हुन्छ । यी पदार्थहरुमा चिनीको मात्रा बढी हुने गर्दछ । यसको सेवनले एसिडिक हुन्छ जुन दाँतलाई खराब बनाउने गर्दछ । यसमा भएको सोडियमले शरीरमा पानीको मात्रालाई कम गर्दछ जुन एजिंग स्किनको मुख्य कारक हो ।

चिनी शरीरको लागि हानिकारक मानिन्छ । भनिन्छ चिनी पानीमा घुल्यो कि विष बन्यो । चिनीले छालाको कोशिकाहरुलाई नष्ट गर्दछ । साथै शरीरमा हुने कोलेजन र इलस्टिनलाई पनि नष्ट गर्दछ । त्यसैले चिनीको सेवन कम गर्नु पर्छ ।

बेक्ड फुडमा उच्च मात्रा शुगर र फ्याट हुने गर्दछ जसको कारण शरीरको वजन बढ्न थाल्छ र दाँतलाई पनि असर गरेको हुन्छ । यसमा भएको शुरगको कारण माइक्रोबाइम जस्ता समस्या हुने गर्दछ । यसले उमेर बढ्ने प्रक्रिया बढ्न थाल्छ ।

प्रोसेस्ड फुड शरीरको लागि हानिकारक हुन्छ । यी खानाहरु क्म मात्रामा भिटामिल, मिनरल र एन्टिअक्साइडेट हुने गर्दछ जसले एजिंगको प्रक्रियालाई बढाउदछ । यसले पनि मानिस उमेर बढेको जस्तो महसुस हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४