Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनको उद्देश्य पूरा भयो, पुनर्स्थापनाले केही बिग्रिँदैन : शंकर पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 7.7K
    SHARES

काठमाडौं । नेकपा ओली समूहका नेता शंकर पोखरेलले संसद विघटनको उद्देश्य पूरा भएको बताएका छन् ।

आफूहरु निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं । संसद पुनर्स्थापना भएर केही बिग्रिएको छैन ।’

प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताविरुद्ध गरिएका षडयन्त्रको भण्डाफोर गर्न नपाउने उनले बताए । नेता पोखरेलले भने, ‘पार्टी नेतृत्व र आन्दोलनको रक्षाको लागि स्वाभाविक रुपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने हामीले बुझ्न जरुरी छ ।’

उनले अघि भने, ‘सर्वोच्चको फैसला के भयो भन्ने बिर्सनुस् । त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्व, आन्दोलन र एकताविरुद्ध जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो, त्यसको विरोध र भण्डाफोर गर्ने अवसर पाउने थिएनौं ।’

अब कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिएको र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोजेको भन्दै जनतामा जाने पोखरेलले बताए ।

प्रचण्ड–माधव समूह गैरकम्युनिष्टको नेतृत्वको सरकार बनाउन भिख माग्दै हिँडेको भन्दै उनले भने, ‘एकातिर प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्नुहुन्छ, अर्कोतिर गैर कम्युनिष्टको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्नुभएको छ ।’

अब सांसद तान्ने खेल हुने र संसद विघटनको कदम सही हो भन्ने सबैले महसुस गर्ने पोखरेलले जिकिर गरे ।

कार्यक्रममा नेकपा ओली समूहका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयले दुई वर्ष संगठन गर्ने अवसर पाएको बताए । संगठन निर्माण गरेर जाने र आगामी चुनाव जितेरै छाड्ने उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४