Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तयार भयो प्रतिनिधिसभाको बैठक हल (फोटो फिचर)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 6.7K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको भोलिपल्टै संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बिहान महासचिव भारतराज गौतमसहित सचिवालयका कर्मचारीले प्रतिनिधिसभा बैठक सञ्चालनको आन्तरिक तयारीबारे छलफल गरेका थिए ।

‘छलफलबाट हामीले काम बाडफाँट गर्‍यौं आजै सरसफाइ लगायतका कार्य सम्पन्न भएको छ’ पाण्डेले भने, ‘अधिवेशन आह्वान भएको खण्डमा अब हामी जुनसुकै दिन संसद बैठक राख्न सक्छौं ।’

कोरोना सुरक्षा सतर्कता

प्रवक्ता पाण्डेका अनुसार कोरोना भइरस (कोभिड–१९) बाट बच्ने उपायहरु अपनाइएको छ ।

‘एउटा सिट छोडेर बस्नेगरी माननीयहरुको लागि सिट मिलाएका छौं । कोरोना भाइरस फैलिन नदिनेसम्बन्धी स्वास्थ्य प्रोटोकललाई ख्याल गरेर सोही अनुसार व्यवस्थापन गरिएको छ’ प्रवक्ता पाण्डेले जानकारी दिए ।

सर्वोच्च अदालतको आदेश अनुसार १३ दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नुपर्नेछ ।


        

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४