Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘नेप्सेले गलत सूचना दियो, एकैदिनमा सेयर मूल्य शतप्रतिशतले घट्दैन’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो ।११ बजेर १८ मिनेट जादा नेप्से परिसूचक १ दशमलव ६६ अंकले बढेको देखिएको थियो । त्यसको २ मिनेटमै नेप्से परिसूचक ३ दशमलव १९ प्रतिशतले घटेको देखिएको थियो ।

संसद पुनःस्थापना भएसँगै सेयर बजारमा उत्साह देखिने लगानीकर्ताहरुको अनुमान थियो । मंगलबार तीव्र उतारचढावपछि २१ अंकले घटेको बजारलाई लगानीकर्ताहरुले राजनीतिक कारणले मनोवल घटेको प्रतिक्रिया दिएका थिए । तर, अनपेक्षित तरिकाले नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन थालिएको लगानीकर्ताहरुको आशंका छ ।

एक/दुई मिनेटकै फरकमा यस्तो घट्नु शंकास्पद भएको सेयर बजारका सक्रिय लगानीकर्ता प्रविण श्रेष्ठ बताउछन् । यहाँ चलखेल भएका हुनसक्ने उनको आशंका छ ।

अर्को तर्फ नेफा इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य एक सय प्रतिशतले घटाएको टिएमएसमा देखाएको छ । जबकी एकैदिन कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन । अर्को चन्द्रागिरी हिल्सको सेयर मूल्य पनि शंकास्पद तरिकाले घटेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

किन्नेहरुको ठूलो भीड देखिया पनि चन्द्रागिरीको मूल्य १५ रुपैयाँले घटेको देखिएको भन्दै शंका गर्ने ठाउँ प्रसस्तै रहेको उनले बताए । अन्य समस्याहरु पनि धेरै देखिएको भन्दै उनले यस विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग आफूले तत्कालै गुनासो राख्ने बताए । सेयर कारोबारमा समस्या देखिएकाले आफूले किनबेच नै गर्न नपाएको उनको भनाइ छ ।

नेप्सेका सीईओ भन्छन्- बुझ्दैछु

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने समसइाबारे अहिले आफूले जानकारी पाइनसकेको बताए । प्राविधिक समस्या आएको हुनसक्ने भन्दै उनले यस विषयमा तत्कालै एक्सन लिने बताएका छन् ।

‘के कसो भएको हो यसबारे म बुझ्दैछु, केही बेरमा थाहा होला’ सीईओ साउदले भने ।

संसद पुनःस्थापना भएसँगै सेयर बजारमा उत्साह देखिने लगानीकर्ताहरुको अनुमान थियो । मंगलबार तीव्र उतारचढावपछि २१ अंकले घटेको बजारलाई लगानीकर्ताहरुले राजनीतिक कारणले मनोवल घटेको प्रतिक्रिया दिएका थिए । तर अनपेक्षित तरिकारले नेप्सेको वेवसाइटमै समस्या देखाउर बजार घटाउन थालिएको लगानीकर्ताहरुको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४