Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३० हजार एप्पल कम्प्युटरमा रहस्यमय भाइरस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 2.9K
    SHARES

विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको छ ।

सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो ।

शोधकर्ताहरुका अनुसार उक्त भाइरसको उद्धेश्य के हो भन्नेचाहिँ पत्ता लगाउन सकिएको छैन । एक ब्लगपोष्टमा कम्पनीले हालसम्म सो भाइरसबाट कम्प्युटरमा कुनै पनि खाले हानिकारक कार्यसमेत नभएको जनाएको छ । शोधकर्ताले उक्त भाइरसलाई सिल्भर स्प्यारो नाम दिएका छन् । एप्पलको म्याक अपरेटिङ् सिस्टममा आक्रमण गर्ने यसअघिका कम्प्युटर भाइरस भन्दा यो भाइरस फरक देखिएको र आश्चर्यजनक रुपमा हालसम्म यसले डिभाइसमा कुनै पनि असर छैन ।

यो भाइरसमा सेल्फ डिस्ट्रक्ट मेकानिज्म रहेको छ जुन यसअघि साइबर आक्रमणकारीले प्रयोग गर्ने गरेको देखिएको थिएन । यसले कम्प्युटरमा कस्तो खाले प्रभाव पार्दछ भन्ने पनि हालसम्म प्रष्ट नभएको शोधकर्ता टोनी ल्याम्बर्ट बताउँछन् । उक्त भाइरस इन्टरनेट सर्चका क्रममा म्याक कम्प्युटरमा छिरेको हुनसक्ने अनुमान गरिएको छ । शोधकर्ताका अनुसार सिल्भर स्प्यारोमा एप्पलको आफ्नै एम वान चिपमा प्रयोग हुने कोड रहेको हुन्छ ।

शोधकर्ताका अनुसार यो भाइरसले गत वर्षको अन्त्यतिरबाटै एप्पल कम्प्युटरमा आक्रमण सुरु गरेको हुनसक्छ र फेब्रुअरी १७ सम्ममा विश्वका १ सय ५३ देशका २९ हजार १३९ वटा म्याकमा आक्रमण गरिसकेको छ । त्यसमध्ये अमेरिका, बेलायत, क्यानडा, फ्रान्स तथा जर्मनीमा संक्रमणदर उच्च देखिएको छ । यद्यपि विश्वभरमा प्रयोगमा रहेका दशौँ लाख म्याकको तुलनामा यो संख्या निकै कम हो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४