तर, साँझतिर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फैसला पढ्न शुरु गरे । केहीबेरमै फैसला आयो– प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर । तर, बालुवाटारमा बर्थ डे उत्सव भने त्यसपछि पनि रोकिएन । रोम जलिरहँदा बाँसुरी बजाउने रोमन सम्राट नीरो जस्तै प्रधानमन्त्री ओली बर्थ डे मनाउनमै व्यस्त देखिए ।

ओलीले हरेक वर्ष बर्थ डेलाई विशेष बनाउने गरेका छन् । गैरकम्युनिष्ट नेताहरुले समेत खासै महत्व नदिने गरे पनि ओलीको बर्थ डे उत्सव पहिलेबाटै आलोचित हुने गरेको थियो । तर, यसपटक भने ओलीको बर्थ डे आफैं खल्लो बनेको छ ।
दुई वर्ष कार्यकाल बाँकी रहँदै संविधानमै नभएको अधिकार प्रयोग गरी गएको पुस ५ मा प्रतिनिधि भंग गरेका ओलीले बर्थ डे गिफ्ट भने निकै महंगो पाएका छन् ।