Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 6K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए ।

बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वोच्च अदालतले म‌गलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनायो र १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।

अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्तालाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् ।  बुधबार हुने भनिएकाे कार्यक्रम अब विजयसभामा परिणत हुने भनिएको छ ।

नेपाली जनताको ऐतिहासिक जित 

अध्यक्षद्धय नेपाल र प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् । दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् ।

चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान लिकमा ल्याउनु भयो । निरंकुशतालाई चोटिलो जवाफ दिनुभयो । साहसिक कदम चाल्नु भएकोमा हाम्रो पार्टी आभार व्यक्त गर्छ ।’

ओलीले तत्काल राजीनामा दिनुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने प्रचण्डले बताए ।चितवनमा समर्थकहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४