बिज्ञप्तिमा भनिएको छ, ‘महान्यायिवक्ता खरेलले आफ्नो पदबाट राजीनामा नदिने सोच बनाउनु भएको छैन, राजीनामा दिनुपर्ने कुनै परिस्थिती पनि नभएको र उहाँले नियमित रुपमा कार्यालयमा उपस्थित भइ काम गरिरहनु भएकोले झुठा समाचारको भ्रममा नपर्न आग्रह गरिन्छ।’
त्यस्तैगरी अनावश्यक रुपमा अफवाह फैल्याउने खालका समाचार प्रकाशित नगर्न सबै समाचार माध्यमहरुलाई बिज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

त्यस्तैगरी प्रधानमन्त्रीका प्रस सल्लाहकार सूर्य थापाले पनि ट्वीट गर्दै महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी फिंजाइएको गलत हल्ला खेदजनक भएको बताउनु भएको छ । उहाँले षड्यनन्त्रकारी मनोवृत्तिका तत्वहरुले अफवाह फैल्याएको आरोप लगाउनु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘प्रतिनिधि सभाको विघटन बारेमा परेका रिटहरूमा सर्वोच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहोल गिजोल्न षडयन्त्रका साथ सक्रिय तत्वको हल्लाको प्रभावमा नपर्न अनुरोध गर्दछु।’
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिंजाइएकाे गलत हल्ला खेदजनक छ ।
प्रतिनिधि सभाकाे विघटन बारेमा परेका रिटहरूमा सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहाेल गिजाेल्न षडयन्त्रका साथ सक्रिय तत्वकाे हल्लाकाे प्रभावमा नपर्न अनुराेध गर्दछु ।— Surya Thapa (@ThapajiSurya) February 23, 2021