Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालक अपहरणमा आफ्नै काकासहित दुई पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 6.7K
    SHARES

सिरहा,/ बालक अपहरणमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले आफ्नै काका सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले मंगलवार पत्रकार सम्मेलनगरीे बालक अपहरणमा संलग्न बालकका आफ्नै काका कुलदीप यादव सहित दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सिरहा नपा १ डुम्वाखत्ताका प्रदिप यादवको २ वर्षिय छोरा प्रियान्सु यादव अपहरणमा संलगन रहेको अभियोगमा प्रहरीले नातामा आफ्नै काका पर्ने कुलदिप यादव र सिरहा नपा १५ सुखचैनाका २३ वर्षिय भरोसी यादवलाई नियन्त्रयामा लिई सार्वजनिक गरेको हो ।

अनुसन्धानको क्रममा प्रियान्सुको काका कुलदिप यादवकै योजनामा बालक अपहरण भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदीप राज भण्डारीले जानकारी दिनु भयो ।उनका अनुसार कल ट्रेशिङ र अन्य अनुसन्धानको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

भारतीय कन्सुलर पार्टससँग समन्वय गरी भारत विहार प्रदेशको मधुवनी जिल्ला खाजेडीबाट माघ २० माघमा अपहरणमा परेका बालकको २३ गते सकुशल फेला पारी बालककी आमा संजिता यादवको जिम्मा लगाएको थियो।

पक्राउ परेका उनीहरुलाई आइतबारै जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरीएको छ । अपहरणबारे अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४