Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गर्भावस्थामा मधुमेह कति खतरनाक ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 4.2K
    SHARES

गर्भकालीन मधुमेह, जो गर्भावस्थाको क्रममा विकास हुन्छ । सामन्यत गर्भावस्था समाप्त भएपछि यो आफै निको हुन्छ । जुन महिलालाई गर्भावस्थामा मधुमेह हुन्छ, उनीहरुलाई त्यसपछिका पा“चदेखि दश बर्षसम्म मधुमेह रहने खतरा हुन्छ । यदि त्यसको उपचार गरिएन भने आमा र बच्चा दुबैमा जटिलता निम्त्याउन सक्छ ।

कस्ता महिलामा हुनसक्छ मधुमेहको जोखिम ? तीस बर्षभन्दा बढी उमेरमा गर्भधारण भएकी -परिवारमा मधुमेह भएको अवस्थामा -आनुवांशिक अत्याधिक मोटो -पूर्व सन्तानको डेलिभरीको समयमा बच्चाको तौल चार किलो भन्दा बढी भएको -पूर्व प्रसवमा मृत्त बच्चा जन्मिएको -प्रसवको बेला पेटमा अधिक पानी भएको के छ खतरा ? – गर्भकालीन मधुमेहले शिशुको मृत्युदरमा बृद्धि – गर्भकालीन मधुमेहले कष्टप्रद प्रसव -बच्चामा जन्मजात विकृति -गर्भकालीन मधुमेहको प्रभाव बच्चामा पर्छ । गर्भमा बच्चाको आकार बढ्छ, जसले डेलिभरीमा समस्या ल्याउँछ ।

   कसरी थाहा पाउने ?

सामन्यत गर्भकालीन मधुमेहको संकेत देखिदैन, जसलाई सजिलै पत्ता लगाउन सकियोस् । यद्यपी निम्नलिखित लक्षणबाट गर्भकालीन मधुमेह भएको थाहा पाउन सकिन्छ ।

-थकान-मुख सुख्खा हुनु -धेरै तिर्खा लाग्नु – धेरै पिसाब आउनु – कुनैपनि संक्रमित रोग पटक पटक हुनु -दृष्टि धमिलो हुनु सावधानी – नियमित चिकित्सकीय परीक्षण गराउने – सन्तुलित खानेकुरा लिने – नियमित व्यायाम गर्ने गर्भकालीन मधुमेहमा स्वास्थ्यपूर्ण आहार – खानामा अलग-अलग किसिमको अन्न खाने – भोजन र अन्य नास्ता नियमित रुपले लिने – कार्बोहाइड्रेडयुक्त अन्न सेवन गर्ने – धेरै मात्रामा चीनी भएको खानेकुरा सेवन नगर्ने – मौसमी फल र सलाद सेवन गर्ने -खाना खाएपछि पैदल हि“डडुल गर्ने -धूमपान र मदिराबाट टाढै रहने – सुगर लेभल जाँच गराइरहने डेलिभरीपछि मधुमेह नियन्त्रण

बच्चालाई जन्म दिइसकेपछि कम मात्रामा इन्सुलिनको जरुरत हुन्छ । बच्चालाई दुध पिलाउन थालेपछि रगतमा ग्लुकोजको मात्रा कम हुन्छ । यदि बच्चालाई आफ्नो दुध पिलाउनु हुन्छ भने, अधिक पेय पदार्थको जरुरत हुन्छ ।

बच्चा जन्माइसकेपछि मधुमेह प्राय आफै ठीक हुन्छ । रगतमा ग्लुकोजमो मात्रा सामन्य स्तरमा आउ“छ । यद्यपी पा“च वा छ महिनापछि मधुमेह परीक्षण गराउनुपर्छ, ताकि ढुक्क हुन सकियोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४