Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीलाई अहिले छटपटी भैरहेको छ : अध्यक्ष प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 4K
    SHARES

ब्रसेल्स,/ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली अहिले छटपटी भइरहेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको होस(हवास गुमेको कारण नै उपराष्ट्रपति र सभामुखलाई तथानाम गाली गर्दै हिडेको बताउनुभएको हो ।

आइतबार नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा भएको नेपालको राजनीतिः कता जान्छ,के हुन्छ ? विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन विरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने र प्रतिगमनलाई नेपाली जनताको शक्तिले परास्त गरि छाड्ने बताउनुभयो ।

हतारमा पार्टी एकीकरण गरिएको थिएन, ‘अत्यन्त सुझबुझका साथ गरिएको र समग्रमा पार्टी एकताको बैचारिक तथा सैद्धान्तिक धरातल मार्क्सवाद, लेनिनवाद र समाजवाद उन्मुख जनताको जनवाद प्रस्ट थियो तर त्यसको कार्यान्वयनमा केपी ओलीले बेइमान गरे, उहाँले भन्नुभयो । आफैले अघि सारेको प्रधानमन्त्रीलाई समयमा नियन्त्रण गर्न नसक्दा ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई केपी ओलीले एकै झट्कामा चकनाचुर पारे यसका लागि म माफी माग्छु, उहाँले भन्नुभयो । केपी ओलीले देशलाई अँध्यारो सुरुङभित्र गरेको भन्दै उहाँले ओलीको प्रयासलाई सर्वोच्च अदालतले रोक्ने र देश संविधानको मर्मको बाटोमा पूनः फर्कनेछ’ दाहालले भन्नुभयो ।

ओली जीले पार्टी पद्दती र संबिधान नमानेर देशको कुर्सि संसद नै भाची दिनुभयो । गणतन्त्रलाई समाप्त पार्ने प्रतिगमनकारी कदमलाई कुनै हालतमा परास्त गरिन्छ । प्रचण्डले भन्नुभयो, ‘पार्टीको तर्फबाट सरकारलाई कयौं दबाब दिंदादिदै पनि सरकारको अदूरदर्शीताले कोभिडका कारणले प्रवासमा तपाईहरूले जुन दुःख पीडा भोग्नु पर्यो, समयमा आफ्नो मातृभूमि फर्कन सक्नु भएन त्यो पीडा हामीले बुझेका छौ । तर अब हामी आउने दिनमा हुन दिने छैनौं। प्रवासमा रहेका नेपालीलाई राहत दिन, नेपाली नियोगको संस्थागत परिचालन, गैरआवासीय नेपालीलाई कानुन बमोजिम दोहोरो नागरिकता प्रदान, गोर्खाहरूको समानताको मागमा ऐक्यबद्धता, प्रवासको पार्टी कामलाई मान्यता दिने लगायतका बिषयमा पार्टी स्पष्ट रहेको छ ।

संसारभरीका प्रवासी नेपाली उपस्थित कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले ूकेपी ओलीजीसंग जनताले लडेर ल्याएको यो परिवर्तनप्रति कुनै अपनत्वबोध नभएको आरोप लगाउनुभयो ।

हामीले समाजवादको यात्रालाई अगाडि बढाउनुपर्ने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने, संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने बेलामा प्रतिगामी कदमको कारण आज देश असामान्य अवस्थामा पुगेको छ। दुई तिहाइको सरकार भत्काएर जनतामा जान्छु भन्नु केपी ओलीको भनाइ अत्यन्त्य रहस्यमय छ। केपीले संविधान, संघीयता, लोकतन्त्र, जनअधिकार र जनचाहना विरुद्ध कदम चालेका कारण समाज प्रतिगमन विरुद्धको मोर्चामा गोलबन्द भएको र सबै तप्का पनि एकत्र हुनु बर्तमानको मागहो नेता भुषालको भनाई थियो ।

नेता भुसालले अगाडी भन्नुभयो, ‘नेपाली जनताले बलिदान र निकै दुःखले ल्याएको संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरे। ओली अझ तानाशाह बन्न सक्छन् त्यसको लागि लड्न तयार रहनु पर्छ। पार्टी राम्रो हुने तर नेतृत्व नराम्रो हुने,संविधान राम्रो हुने तर कार्यान्वयन गर्ने व्यक्ति गलत भए।’

पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईको अध्यक्षता सचिव श्रीप्रसाद शाहको सञ्चालन र राजेन्द्र पुडासैनीको सहजिकरणमा भएको भर्चुअल कार्यक्रममा झन्डै ५ सय प्रवासी अगुवा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४