Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंलाई ३० वर्ष काकाकूल बनाएको मेलम्चीको सुरुङमा छाडियो पानी, काठमाडौंमा वितरण हुन अझै तीन महिना लाग्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 4K
    SHARES

सिन्धुपाल्चोक,/ तीस वर्षअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थालनी गरेको मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि बल्ल पानी पठाइएको छ ।तीस वर्षमा पञ्चायती व्यवस्था नै परिवर्तन गरेका काठमाडौंवासीले मेलम्चीको सपना पूरा गर्न अझ कति समय लाग्ने यकिन छैन ।

यद्यपि, अधिकारीहरुले अबको तीन महिनामा काठमाडौंको वितरण प्रणालीमा पानी पठाइने दावी गरेका छन् ।सोमबार साढे २६ किलोमिटर सुरुङमा पानी भर्ने कार्यको शुरुवात खानेपानी मन्त्री मणि थापाले गर्नुभएको हो ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम सकाएपछि पानी हालेर परीक्षण थालिएको हो ।गत असारमा सुरुङमा पानी भर्न परीक्षण गर्दा हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको ढोका नं १७ फुट्दा दुई जनाको मृत्यु नै भएको थियो ।

आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको तीतो विगतलाई ख्याल गर्दै यस पटक पानी परीक्षण कार्यको शुभारम्भ गर्दा ब्रह्मण र लामाहरुले पूजापाठ समेत गरेका छन् ।

परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको पनि जनाइएको छ । उद्धार योजनाका लागि धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालसँग समन्वय पनि गरिएको छ ।सिन्धुपाल्चोक मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने जनाइएको छ ।

प्रतिसेकेण्ड दुई सय ६० लिटरका दरले सुरुङमा पानी पठाइने छ । सुरुङमा पानी भरिएपछि करिब दश दिन यत्तिकै राखेर पछि क्रमशः प्रतिसेकेण्ड दुई सय ६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर पानी फालेर सुरुङ खाली गरिने जनाइएको छ ।

पानी फालिसकेपछि सुरुङको गुणस्तर फेरि परीक्षण गरिने आयोजनाले जनाएको छ । यो पानी सुन्दरीजलस्थित दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । यसका लागि करिब तीन महिना लाग्ने आयोजनाको भनाइ छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने आयोजनाको दाबी छ ।कार्यक्रममा खानेपानी मन्त्री मणि थापाका साथै पूर्वमन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालय र परियोजनाका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४