Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाइड्रोपावरको सेयर मूल्यमा चमक, सिभिल र सेञ्चुरीमा पहिरो !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 2.8K
    SHARES

काठमाडौं । साताको दोस्रो दिन सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो ।

सोमबार भने नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । तर हाइड्रोपावरको सेयर मूल्यमा चमक देखिएको छ । नेप्सेमा कारोबार हुने सबै समूह घटेर राताम्मे देखिदा समेत हाइड्रोपावर र अन्य समूहमा रहेका केहि कम्पनीहरुको सेयर मूल्य उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेको छ ।

यी हुन् धेरै कमाउने कम्पनीहरुः

सोमबार धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीहरुकै लगानीकर्ताहरु देखिएका छन् । दोस्रो बजारमा सूचीकृत भएर कारोबार शुरु भएसँगै लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को सेयर मूल्य सोमबार पनि १० प्रतिशतले बढेको छ ।

अघिल्लो साताको आइतबारदेखि दोस्रो बजारमा शुरु भएको निफ्राको सेयर मूल्य लगातार बढेर अहिले ६६० रुपैयाँमा पुगेको छ । उता आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । यसपछि धेरै बढ्नेमा अन्य हाइड्रोपावर कम्पनीहरु नै देखिएका छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य अत्यधिक बढेको छ ।

चम्किएको सिभिल थेचारियो

केहि दिन यता निकै चर्चामा रहेको सिभिल बैंक र सेञ्चुरी कमर्सीयल बैंकको सेयर मूल्य पनि घटेको छ । सबैभन्दा धेरै गुमाउनेहरुमा सिभिल बैंकका लगानीकर्ताहरु देखिएका छन् भने दोस्रोमा सेञ्चुरीका लगानीकर्ता देखिएका छन् । दुबै बैंकको ५ प्रतिशत भन्दा धेरैले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४