Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बर्दियामा रातको समयमा दुईपांग्रे र पैदल यात्रु हिड्न रोक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 7.3K
    SHARES

बर्दिया । बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबारबाट गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ ।

अनिश्चितकालका लागि राति १० देखि बिहान ६ बजेसम्म दुईपांग्रे सवारी र पैदल यात्रुलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । शनिबार दिउँसो बाइकमा राजापुरतर्फ गइरहेका व्यक्तिमाथि बाघले आक्रमणको प्रयास गरेसँगै प्रशासनले रोक लगाएको हो ।

खाता जैविक मार्ग र आसपासका जंगलमा आठ महिनायता बाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ । दिउँसो पाँचवटा मोटरसाइकल समूहमा आउजाउ गर्नुपर्ने नियम बनाइएको छ । एक्लै आउजाउ गर्दा बाघको जोखिम भएकाले यो नियम बनाइएको हो ।

करिब २ किमि सडक खण्डमा घना जंगल भएका कारण सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वनरक्षक परिचालन गरिएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४