Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियामा सोमबारदेखि खोप अभियान शुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 3.8K
    SHARES

काठमाडौं, / अस्ट्रेलियाका विभिन्न शहरमा कोरोना भाइरस विरुद्धको खोप अभियानको विरोधमा केही समूहहरु प्रदर्शनमा उत्रिएको बेला त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउनु भएको छ ।

सोमबारदेखि औपचारिक रुपमा खोप अभियान शुरु गर्नुअघि प्रधानमन्त्री मोरिसनले आइतबार खोप लगाउनु भएको हो ।

खोप अभियानलाई नैतिक बल प्रदान गर्न र खोपप्रति सर्वसाधारणको विश्वास जगाउने उद्देश्यले प्रधानमन्त्री आफैंले खोप लगाएको जनाइएको छ ।

अस्ट्रेलियामा पहिलो चरण अन्तर्गत ६० हजार डोज खोप लगाइने छ भने आगामी मार्चभित्र स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने जनशक्ति गरी ७ लाख मानिसमा खोप लगाउने योजना रहेको त्यहाँको सरकारले जनाएको छ ।

अहिले अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप लगाउन लागिएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र भारतको अष्ट्रजेनिकाले विकास गरेको खोपले पनि अष्टे«लियामा मान्यता पाइसकेको छ ।

खोपप्रति विश्वास नभएको भन्दै शनिबार केही मानिसहरुले विभिन्न शहरमा प्रदर्शन गर्दै ‘मेरो शरीर, मेरो इच्छा’ भन्ने नारा लगाउदै खोप अभियानको विरोध गरेका थिए ।

अस्ट्रेलिया सरकारले खोप निशुल्क उपलब्ध गराउने बताएको छ भने खोप लगाउन कसैलाई बाध्य नबनाइएको पनि स्पष्ट पारेको छ ।

अस्ट्रेलियामा हालसम्म कोरोनाबाट २९ हजार संक्रमित बनेका छन् भने ९०९ जनाले ज्यान गुमाएका छन् । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४