Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाइड्रोपावरले उचाल्यो सेयर बजार, लघुवित्त र बिमाका लगानीकर्ताले गुमाए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ अंकमा पुगेको छ ।

आइतबार सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य धेरै बढेको छ । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । यो समूहमा उछाल आउदा नेप्से परिसूचक पनि उकालो लागेको हो ।

व्यापार, विकास बैंक, होटल लगायतका समूहहरु बढेर हरियो देखिएका छन् भने बैंकिङ, जीवन बिमा, निर्जिबन बिमा र लघुवित्त लगातयका समूहहरु भने घटेर राताम्मे देखिएका छन् । अघिल्लो साता चमक देखिएको बैंकिङ समूह आइतबार ७.१३ अंकले घटेको छ ।

समग्रमा नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेको हो । कारोबार रकम भने ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा माथि भएको छ ।

दिनभर भएका ९३ हजार ३९ कारोबारबाट २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ पुगेको छ ।

अघिल्लो आइतबारदेखि दोस्रो बजारमा कारोबार हुन थालेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य बढ्ने क्रम यो आइतबार पनि जारी नै रहेको छ । सूचीकृत भएसँगै लगातार बढिरहेको निफ्राको सेयर मूल्य आज पनि बढेर ६ सयमा पुगेको छ ।

कसले कमाए ? कसले गुमाए ? तालिकामा हेर्नुस् :

 

हेर्नुस् समूहगत सव–इन्डेक्सकाे अवस्था : 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४