मुगु,/ मुगु जिल्लाको मुगुम कार्मारोङ गाँउपालिकाले ९९ लाखमा कार्यालय प्रयोजनका लागि भनेर सेवा सुविधासहितको भवन निर्माण सम्पन्न गरेको छ । एक नगरपालिका र तीन वटा गाँउपालिका गरी चार स्थानिय तह रहेको हिमाली जिल्लाको उक्त गाँउपालिकाको निर्माणकार्य सम्पन्न भएसँगै शनिबार उद्घाटन गरिएको छ ।
गत वर्षको गाँउ सभाबाट विनियोजित बजेटबाट गाउँपालिकाको भवनको निर्माण कार्य सुरु गरिएको थियो । गाउँपालिकाको भवन निर्माणका लागि गाउँपालिकाबाट ८१ लाख रुपैयाँ र जनसर्वदानबाट १८ लाख गरी कूल ९९ लाखको लागतमा कार्यालय सम्पन्न गरिएको हो ।
निर्माण सम्पन्न भइसकेको कार्याल भवनभित्र १ तालिम हल र २३ वटा हल गाँउपालिकाका विषयगत शाखा कार्यालय सन्चालनका लागि भनिएको छ । पुलु बगरमा रहेको कार्यालय अन्य स्थानिय तहहरुमध्ये सुविधायुक्त भवन निर्माण गर्ने पहिलो स्थानीय तह भएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत कठायतका अनुसार गाउँपालिकाले डिजिटल सूचना पाटी र प्रविधिबाटै कर्मचारीको हाजिरीका लागि औँठा छाप पनि केही समयपछि प्रयोगमा ल्याइनेछ । प्रविधिमार्फत् नै गाँउपालिकाभित्रका गतिविधिबारे जानकारी दिनाले कर्मचारी, स्थानीय सबैलाई फाइदा हुने उहाँले बताउनुभयो ।

हाल गाँउपालिकाभित्र रहेका ९ वटा वडाका वडा कार्यालयहरु गर्त वर्ष नै निर्माण गरिएको छ । वडाको कार्यालय निर्माण गरिए पनि गाँउपालिकाको भवन निर्माण गर्न भने बाँकी रहेको थियो ।
वर्षेनी लाखौँ रकम तिरेर घर भाडामा तिर्नु पर्ने, त्यसमाथि कार्यालय प्रयोजनका लागि भनेजस्तो कोठा नपाइँदा ३ वर्षसम्म द्ुःखका साथ कार्यालय सञ्चालन गरिएको गाँउपालिकाका अध्यक्ष छिरिङ क्याप्र्ने लामाले बताउनुभयो । ‘३ वर्षपछि गाउँपालिकाले सेवा सुविधासहितको भवन निर्माण गरेको छ । शनिवार गाँउपालिकाको सातै हिउँदे गाँउ सभाबाट कार्यालयको उद्घाटन गरिको छ ।’

धमाधम बन्दै पालिकाका भवन
यसैगरी खत्याड गाँउपालिकाले राउडि बजारको भवनको निर्माण कार्य पनि तीव्र रुपमा भइरहेको छ । यस्तै, छायाँनाथ रारा नगरपालिकाले पनि गमगढी बजारमा, सोरु गाँउपालिकाले सोरुकोटमै कार्यालयको भवन निर्माण गर्ने भएको छ ।