Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेरधनलाई भीम आचार्यको चेतावनी : तागत भए प्रदेश भंग गरेर देखाउनुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ८ २०७७
  • 5.6K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग नभएको बताएका छन् ।

राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताए । ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस्’ आचार्यले भने, ‘धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’

अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिनाको अवधिमा मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने काम गरिरहेको उनले बताए । ‘शुरुमा अविश्वासको प्रस्ताव सामना गर्छु भन्नुभयो । त्यसपछि धम्क्याउने काम शुरु भयो । तर, पार नलागेपछि भंग गर्ने चेतावनी दिन थाल्नुभएको छ’, आचार्यले भने ।

अल्पमतमा परेका मुख्यमन्त्री राई दुई महिनादेखि संसदबाट भागिरहेको उनले बताए । तर, अब धेरै भाग्न नसक्ने उनले बताए । अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी लगायतले पनि साथ दिने आचार्यले बताए ।

प्रदेशसभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने उनले बताए ।

नेकपा विभाजन पछि प्रचण्ड-माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेको छ र आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

तर आचार्यले अविश्वासको प्रस्ताव पारित भएपछि मात्रै को मुख्यमन्त्री हुने भन्ने टुंगो लाग्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४