Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आशंकाले अत्यायो प्रचण्ड–माधव समूहलाई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ८ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो खबर पठायो, शुक्रबार मध्यान्हसम्म पेरिसडाँडा आइपुग्नु ।

नागरिकता र पार्टीको परिचय पत्र नै बोकेर आउन भनेपछि चौथो चरणको आन्दोलनमा खटिएका नेताहरु रातसाँझ गर्दै काठमाडौं आइपुगे । राजधानी नजिक रहेकाहरु बिहीबार नै काठमाडौं आए भने टाढा रहेकाहरु विहानसम्म आइपुगे । कतिपय भने आउनै सकेनन् ।

काठमाडौं आएपछि नेताहरुले थाहा पाए, दिउँसो एक बजे पेरिसडाडाँमा आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक निर्धारित समयमै शुरु भयो । अकस्मात्, त्यो पनि नागरिकता लिएर आउनु भनेका नेताहरु कौतुहलका साथ पार्टी कार्यालय पेरिसडाँडा पुगे ।

तर बैठकलाई सम्बोधन गरेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र प्रवक्ता एवम् जनसंघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रशन्न मुद्रा प्रस्तुत भए ।

बैठकलाई सम्बोधनका क्रममा तीनै जनाले प्रतिनिधिसभा विघटनपछिको दुई महिनाको अवधिमा प्रधानमन्त्री केपी ओलीले चालेको कदम प्रतिगमन रहेको सिद्ध भएको, आन्दोलनमा माहोल बन्दै गएको, आम नागरिक सडकमा उत्रन थालेको लगायत उत्साहका कुरा गरे ।

‘नेताहरुले सुनाएको कुराले उत्साहित भएँ । निराश हुनुपर्ने कुरा थिएन’, इटहरीबाट काठमाडौं आएका केन्द्रीय सदस्य राजन राईले भने । अनौपचारिक भनिएको बैठकमा नेताहरुको कुरा सुनेपछि काठमाडौंमै बसिरहनुपर्ने नदेखेका राईले शनिबार नै फर्कने तयारीमा छन् ।

अर्का केन्द्रीय सदस्य निरज आचार्यले पनि नेताहरुले ‘स्याण्डबाइ बस्नुस्, जुनसुकै बेला जस्तासुकै निर्णय लिनुपर्ने हुन्छ’ भन्ने बाहेक अरु नभएको बताए । ‘बैठकले त्यस्तो ठोस निर्णय गरेन, नेताहरुले केही निर्देशिन दिनुभयो । धेरै त समीक्षाकै कुरा भयो’, आचार्यले भने ।

उच्च स्रोतका अनुसार, रातसाँझ नागरिकता लिएर केन्द्रीय सदस्यहरु काठमाडौं दौडाउनुको मुख्य उद्देश्य पार्टी वैधानिकताका लागि निर्वाचन आयोग जानु नै थियो । तर जब शुक्रबार बिहान स्थायी कमिटी बैठक बस्यो, आयोगमा जाने कार्यक्रम रद्ध भयो । बताइएअनुसार आयोगले पार्टी वैधानिकताबारे ११ माघकै वरिपरी रहेर, तर सूर्य चिन्ह फ्रिज गर्ने गरी निर्णय गर्दैछ भन्ने सूचना प्रचण्ड माधव समूहका नेताहरुले पाएका थिए ।

त्यसैले, अकस्मात् पार्टीका केन्द्रीय सदस्यहरु नागरिकता लिएर आयोगमा जाने योजना बनाइएको थियो । त्यसकै लागि बिहीबार दिउँसो केन्द्रीय कार्यालयबाट फोन गरेर रातसाँझ नेताहरुलाई बोलाइएको थियो । तर अर्को सूचना आयो, सूर्य चिन्ह फ्रिज गर्ने गरी तत्काल निर्णय लिइँदै छैन । शुक्रबार त आयोगले आफ्नै दिवस मनाउँदैछ । ‘केन्द्रीय सदस्यहरु काठमाडौं आइसकेकाले त्यसै फर्काउनुभन्दा बैठक राखेर पछिल्लो घटनाक्रमबारे जानकारी गराउनुपर्छ भन्ने भयो’, एक स्थायी कमिटी सदस्य भन्छन् ।

त्यसैअनुसार, बैठकमा प्रचण्ड, माधव र नारायणकाजीले सकारात्मक माहोल बन्दै गएको बताएका थिए ।

नेताहरुले निर्वाचन आयोगबारे धेरै कुरा नगरेर संगठनात्मक संरचना निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए । केही दिनभित्रै संगठनात्मक संरचना पूरा भइसक्ने र पार्टीले गति लिनेमा आश्वास्त पारिएको थियो । ‘सडक संघर्ष, कानूनी लडाइ र संगठनात्मक प्रक्रिया एकैपटक लैजाँदा संगठन निर्माणमा केही ढिलाइ भएको छ, तर केही दिनभित्रै टुंगिन्छ’, प्रचण्डको भनाइ थियो । निर्वाचन आयोगले वैधानिकता दिनेमा संशकित भएपनि अर्को विकल्प नभएको उनको उनको भनाइ थियो ।

प्रचण्ड माधव समूहले शुक्रबार अकस्मात् केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित बोलाएर आयोग जाने तयारी गर्नुमा भने आयोगले गरेको विलम्बले पनि काम गरेको थियो । १९ माघमा केन्द्रीय कमिटी बैठक राखेको यो समूहले भोलिपल्टै आयोगमा साविकको नेकपाका बहुमत नेताहरु आफ्नो पक्षमा रहेको भन्दै दाबीपत्र पेश गरेको थियो । यसबारे अहिलेसम्म कुनै निर्णय नलिनुपनि आयोगप्रति उसको शंका छ ।

‘अझै पनि आयोगप्रति ढुक्क हुने अवस्था छैन । आज नागरिकतासहित नेताहरु काठमाडौं आएर अखिलेख मात्रै तयार पार्दा पछिलाई पनि सहज भयो’, ती स्थायी कमिटी सदस्य भन्छन् ।

आकस्मिक जानकारीको आधारमा शुक्रबार २७० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएका थिए । यसअघि आयोगमा २८७ जनाको हस्ताक्षर बुझाएको यो समूहले आफ्नो पक्षमा ३१५ बढी रहेको दाबी गर्दै आएको छ । गएको माघ ११ मा आयोगले पार्टी एकता हुँदा बनेको ४४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएपछि यो समूहले पार्टी वैधानिकताको दावी गर्दै माघ २० मा १९ पृष्ठ लामो पत्र पेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४