Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक इजलासमा फेरि टिपेक्सको चर्चा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ७ २०७७
  • 2.7K
    SHARES

 काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतमा शुक्रबार पनि संविधानमाथि टिपेक्सको विषय उठ्यो ।

बिहीबार एमिकस क्युरी वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानको धारा ७६ (७) को ‘वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्ने शब्दलाई टिपेक्स लगाएर हेर्दा २०४७ सालको संविधानको धारा ५३ (४) जस्तो हुँदैन र भनी प्रश्न गरेका थिए ।

बिहीबार एमिकस क्युरीकै वरिष्ठ अधिवक्ता गीता पाठकले पनि टिपेक्सको कुरा निकालिन् । उनले संविधानको धारा ७६ (७) मा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा भनेर धारा ७६ (५) अनुसारकै प्रधानमन्त्रीलाई नभनेको तर्क गरिन् ।

‘प्रधानमन्त्री नियुक्त हुन नसकेमा भनेको चाहिँ ५ को प्रधानमन्त्री होइन है भनेको हो’ उनले भनिन् ‘उपधारा ५ बमोजिम प्रधनमन्त्री नियुक्त हुन नसकेमा वा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा भइदिएको भए… टिपेक्सको कुरा भएकाले मेरो दिमागमा आएको’ उनले भनिन् ।

उनलाई एक न्यायाधीशले सोधे ‘तपाईको विचारमा धारा ७६ (७) मा कहाँ कहाँ टिपेक्स लगाउनुपर्छ ?’

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबार आफूले भनेको टिपेक्स शब्दको प्रष्टीकरण दिए । उनले संविधानका शब्दमा त्रुटि हुन सक्ने भन्दै त्यस्तो बेलामा ब्याख्या गर्दा कहिले शब्द झिक्ने र कहिले थप्ने गर्नुपर्ने ब्याख्याको सिद्धान्त नै रहेको बताए ।

‘त्यसमा इररहरु हुन्छ, कतिपय शब्द कहिले कहिले मिस्टेक हुन्छ । ओभररुल गर्दा पनि यस्तो हुन सक्छ, त्यसैले त्यस्ता शब्द झिक्नुपर्छ, कहिले शब्द पुगेको छैन भने थप्नुपर्छ । यो व्याख्याको सिद्धान्त हो’ उनले भने ।

अहिले संसद विघटन मुद्दामा बहसका क्रममा २०७२ सालको संविधानमा २०४७ सालको संविधानमा रहेको संसद विघटनको व्यवस्था हटाएको भनी ब्याख्या भएको भन्दै जबराले भने ‘यसो हेर्छु, अड इभन चिजहरु, कुन झिक्दा, कुन थप्दा हुन्छ । एज इट इज हुन्छ कि पृथक नै हो कि ? … यसरी पनि व्याख्याको सिद्धान्त हुन्छ, हेर्नुपर्छ भनेर …।’

त्यसपछि उनले धारा ७६ (७) मा भएको शब्दको व्याख्या गरे । धारा ७६ मा (संसद विघटनको सन्दर्भमा) प्रधानमन्त्री नियुक्त हुन नसकेमा भनेको भए प्रष्ट खुल्ने भन्दै धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा भनिदिएकाले व्याख्यामा समस्या भएको जबराको भनाइ थियो ।

‘हामीले संविधानलाई सुधार नै गरेर ल्याएका हुन्छौं भन्ने हुन्न, व्याख्याबाट पनि परिपूर्ति गर्नुपर्छ । त्यो अर्थमा व्याख्या गर्दा, हिजोको आधारबाट आजको धारा बनिरहेको छ’ उनले भने ।

#चोलेन्द्रशम्शेर जबरा

#संसद विघटन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४