Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान मिच्नेलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व कांग्रेसको काँधमा : प्रकाशमान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ७ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार विधिको नभई हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको बताएका छन् ।

प्रजातन्त्र दिवस मनाइरहँदा संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व नेपाली कांग्रेसको काँधमा आएको पनि उनले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेता सिंहले भनेका छन्, ‘अहिलेको सरकार विधिको हैन हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको छ । अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको छ ।’

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा छ । त्यस्तै पार्टीका गतिविधि पनि प्रजातान्त्रिक तवरबाट अगाडि बढाउनु पर्ने दायित्व हामीमा छ ।’ समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाएर आन्तरिक प्रजातन्त्र मजबुत गर्नुपर्ने चुनौति रहेको उनको भनाइ छ ।

नेता सिंहले प्रजातन्त्रका पक्षमा अनवरत उभिने तागत सबैमा रहिरहोस् र विधिको शासन बलियो बन्दै जाओस् भन्दै सबैमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४