Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 4K
    SHARES

दिनेशको सूचनाका आधारमा भेटियो घडी !

काठमाडौं । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।

४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो । भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।

तर बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।

‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेटियो ।’

                                                             शव भेटिएको स्थान ।

अभियुक्त दिनेशका बुबा दीपकराज भट्टले पनि हिरासतमा गएर छोरालाई प्रहरी कहाँ भेटेका छन् । त्यसक्रममा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । आफूहरुले दिनेशलाई भेटेर कुरा गर्दा घटनामा संलग्नता स्वीकार गरेको काका लक्ष्मण भट्टले बताएका छन् । ‘कतै प्रहरीले कुनै प्रलोभन देखाएर स्वीकार्न लगायो कि भन्ने थियो, होइन रहेछ’, उनले भने, ‘जे हुनु भइसक्यो, गल्ती भयो भनेको छ ।’

यद्यपि परिवारले भागरथीको शव अझै बुझेको छैन । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै काका लक्ष्मण भन्छन्, ‘हाम्रो मुख्य चिन्ता घटनाको सबुद प्रमाणहरु केही नहोस् भन्ने हो ।’

उनको शव जिल्ला अस्पताल, बैतडीमा छ । प्रहरीले भागरथीको भजाइनल स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन नमूना प्रयोगशालामा पुगेदेखि कम्तिमा १५ दिन लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

 

सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा हराएकी थिइन् । साँझसम्म घर नफर्किएपछि खोजी थालिएको थियो, भोलिपल्ट अपराह्न उनको शव घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ? भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी ! भागरथी हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति ! भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि !

भागरथी प्रकरणको अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला !घटनाको १४ औं दिनपछि प्रहरीले आरोपी कक्षा ११ मा पढ्ने दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीविरुद्ध भागरथीका दाइ केशवले किटानी जोहरी दिएका छन्, त्यसमा दिनेशको उमेर १८ वर्ष उल्लेख छ । कानुनतः उनी नाबालक भेटिए, दुई तिहाइ सजाय हुनेछ । उमेरको प्रमाणिकरणका लागि प्रहरीले विद्यालयलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४