Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोबाइल लुट्न कुटपिट, पानीमा डुबेपछि मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ ।काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले बताए ।

प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति करिडोरमा निस्किएका उनको मोबाइल चोरी गर्ने उद्देश्यले लिखुतामाकोशी गाउँपालिका–३, रामेछाप घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्तकुमार तामाङ र लाक्पा तामाङले आक्रमण गरेका पाइएको प्रहरी बताउँछ ।

श्रेष्ठले प्रतिकार गर्न खोजेपछि कुटपिट गर्दै बाग्मदी नदी छेउ लडाइदिएको पाइएको सिंह बताउँछन् । त्यसपछि पानीमा डुबेर उनको मृत्यु भएको पाइएको छ । ‘कुटपिटका कारण गम्भीर घाइते भएकै कारण उनी उठ्न नसकी डुबेर मृत्यु भएको देखिएकाले कर्तव्य ज्यान मुद्दामा चारै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं’, सिंहले भने ।

मन्दिरको पारिपट्टी गाडी बिग्रिएपछि उनी अलमलमा परेका थिए । रातिको समयमा बनाउने मान्छे पनि आएपछि उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ हिँड्दै गएका थिए । त्यही वेला श्रेष्ठको जम्काभेट आक्रमण गर्ने युवाहरुसँग भएको थियो ।उनीहरु डिस्कोमा गएर फर्किएको पाइएको प्रहरी बताउँछ । विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४