Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतप्रतिको उच्च सम्मानका कारण प्रधानमन्त्री आफैँ उपस्थित हुनुभएको हो– सूर्य थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतप्रतिको उच्च सम्मानका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेको बताउनुभएको छ ।

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीले लिखित जवाफ पेश गरिसकेपछि सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै सल्लाहकार थापाले अदालतप्रतिका उच्च सम्मानका कारण प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित हुनुभएको बताउनुभयो ।

‘उहाँ(प्रधानमन्त्री)ले लिखित जवाफ मात्रै पठाउनु भए पनि हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर, लिखित जवाफसहित उपस्थित भएर अदालतप्रतिको उच्च सम्मानलाई प्रस्तुत गर्नुभएको छ ।’

तर, वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिट निवदेनमा सुनुवाइ गर्दै न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आफैँ उपस्थित हुन आदेश दिएको थियो ।

आदेशमा भनिएको थियो, ‘म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला ।’

प्रतिनिधिसभा विघटनको मुद्दामा जारी संवैधानिक इजलासमाथिको सुनुवाइमा सहभागी एक वकिललाई प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ लाई बहसमा सहभागी गराएर तमासा देखाएको भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिएका दिनुभएको थियो ।

लिखित जवाफमा प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने आम प्रचलनलाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बङ्ग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आपत्तिजनक भएको धारणा राख्नुभएको छ ।

उहाँले आफूले अदालतको अवहेलना नगरेको जिकिर गर्दै अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरेको लिखित जवाफमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४