Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिउँसै सडकमा वकिल दम्पतीलाई खुडाले काटेर मारे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 3.4K
    SHARES

एजेन्सी । भारतको तेलगंना राज्यमा एक वकिल दम्पतीलाई बीच सडकमा खुडा प्रहार गरी हत्या गरिएको छ ।

दिनदहाडै बीच सडकमा बुधबार दिउँसो गट्टू वमन राव र उनकी पत्नीको हत्या भएको हो । खुडा प्रहार हुनु अघि वकिल दम्पति कारमा कतै जादैँ थिए ।

बुधवार दिउँसो पेद्दापल्लीको रामागिरी मण्डल गाउँ नजिक दुई अज्ञात व्यक्तिहरुले उनीहरुको कार रोके र हमला गरे । आक्रमणकारीले राव र उनकी पत्नीलाई निर्दयी भई धारिलो हतियारले प्रहार गरे ।

हत्या हुँदा वरिपरिका मानिस हेरिरहेका थिए । कोहीले भने भिडियोसमेत बनाएका थिए । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । जहाँ क्रुर किसिमले दम्पतीमाथि आक्रमणकारीले खुडा प्रहार गरेका छन् ।

हत्यापश्चात श्रीमानको शव सडकमा थियो भने श्रीमतीको शव कारमा नै रहेको थियो । उनीहरु दुवै तेलगंनाको सर्वोच्च अदालतमा अभ्यास गरिरहेका थिए ।

मर्नु अघि रावले तेलङ्गनाका सत्तारूढ़ टीआरएस पार्टीका स्थानीय नेतामाथि आक्रमणको आरोप लगाएका थिए ।

यता तेलंगानाका गृहमन्त्री मोहम्मद महमूद अलीले वकिल दम्पतीको हत्यामा शोक व्यक्त गरेका छन् । गृहमन्त्रीले यस घटनालाई गम्भीरताका साथ लिएको र प्रहरीले छिट्टै अपराधीहरुलाई पक्राउ गर्ने बताए ।

घटनाको सूचना पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो । दुवैलाई तत्काल अस्पताल पुर्याएपनि अतयधिक चोटका कारण उनीहरुको मृत्यु भयो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु पेशेवर हत्यारा हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक वकिलका परिवारले स्थानीय टीआरएसका नेतालाई हतयाको आरोप लगाएका छन् । वकिल रावले जनतासँग सम्बन्धित धेरै मुद्दामा अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४