Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 12K
    SHARES

२०७७ फागुन ६ गते, बिहीवार, १८ फेब्रुअरी २०२१। पौष शुक्लपक्ष, षष्ठी तिथि (प्रात: ७:०५ बजेदेखि सप्तमी), भरणी नक्षत्र, चन्द्रराशि– मेष।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। भाैतिक उपलब्धिले उत्साह जगाउनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

काम राेकिनाले परिस्थिति केही असहज बन्नेछ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। व्यावहारिक समस्याले कामको मेसो मिलाउन नसकिएला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। गाेपनीयतामा अलि सजग रहनुहाेला।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च भने बढाउन सक्छ। औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। परिस्थितिले प्रतिपक्षीहरू नै सहयोगी बन्नेछन्। विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। प्रतिष्ठित काम शुभारम्भ हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुखद समाचारले उत्साह जगाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

# नेपाली पात्रोबाट साभार गरिएको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४