काठमाडौं, / म्यानमारकी सैनिक पक्राउमा रहेकी प्रमुख विपक्षी दलकी नेतृ आङसाङ सूचीमाथि त्यहाँको सेनाले फेरि दोस्रो आपराधिक अभियोग लगाएको छ ।सेनाले सूचीलाई देशको प्राकृतिक प्रकोप कानूनको समेत उल्लंघन गरेको अभियोग लगाएको छ ।
यिनै मुद्दाका लागि भिडियोमार्फत ‘ट्रायल’मा उपस्थित हुनुभएकी सूचीमाथि मंगलबार लगाइएको नयाँ अभियोगबारे भने स्पष्ट भैनसकेको बताइएको छ ।म्यानमारमा प्रदर्शन जारी रहेसँगै सेनाले फेरि पनि नयाँ चुनाव गराउने र सत्ता हस्तान्तरण गरिने प्रतिवद्धता दोहोर्याएको छ ।तर पनि हजारौँको संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी हुने क्रम रोकिएको छैन ।
प्रदर्शनकारीहरुले सेनाको विरोध गर्दै सबै निर्वाचित नेताहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।सेना सरकारमा आएपछिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जेनेरल मिन तुनले सेना लामो समयसम्म सत्तामा नरहने बताउदै आम चुनाव पश्चात् विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गरिने वचन दिएका छन् ।
तर, उहाले चुनावको मितिसम्बन्धी भने कुनै जानकारी दिनुभएको छैन ।अहिदे म्यानमारको स्थिति चिन्ताजनक रहेको बताइएकोछ ।बैंकहरुमा नगदको अभाव सुरु भइसकेकोछ ।पछिल्ला केही दिनयता भने सेनाको ठूलो उपस्थितिका कारण आन्दोलन गत हप्ताको तुलनामा केही कम देखिएको छ । (एजेन्सी)