Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भागरथीको ढुकेर नै दिनेशले हत्या गरेको खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ५ २०७७
  • 5.6K
    SHARES

काठमाडौं, / भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर उनको हत्या गरेको खुलासा भएको छ। बुधबार पत्रकार सम्मेलन गरी भागरथी भट्टको बलात्कार तथा हत्या आरोपित दिनेश भट्टले ढुकेर नै गरेको जिल्ला प्रहरी कार्यालय बैतडी जानकारी दिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी ) उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको सम्मेलनमा बताएका छन् ।

सम्मेलनमा जानकारी दिइएअनुसार माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।

यद्यपि, आरोपित दिनेश भट्टले भने बलात्कार नगरेको, पूरानै रिसिइबीका कारण हत्या गरेको प्रहरीसँगको बयानमा भनेका छन्। यस विषयमा प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै रिसइबीबारे भने खुलाएको छैन।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको डिआइजी सुवेदीले बताएका छन्। उनका अनुसार ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको र भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४