Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक इजलास : चार प्रश्नमा बहस गर्दैछन् वरिष्ठ अधिवक्ता खरेल !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ५ २०७७
  • 4.6K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन् । बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन् ।

उनका चार प्रश्न यस्ता छन् :-

पहिलो प्रश्न :- वर्तमान संविधानको कुनै प्रावधानले प्रष्ट रुपमा निर्विवाद बहुमत प्रमाणित गरेको प्रधानमत्रीलाई संसद विघटनको अधिकार प्रदान गरेको छ कि छैन ?

दोस्रो प्रश्न :- संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीको संसद विघटन गर्ने अधिकारका सम्बन्धमा सार्वभौमिक अभ्यास र मूल्यमान्यता छ कि छैन ? स्पष्ट संवैधानिक प्रावधानको अभावमा कथित अभ्यास र मूल्य मान्यता संसद विघटनको आधार हुन सक्छ कि सक्दैन ? संसदीय अभ्यासमा संसद विघटनको अधिकार स्वतः कार्यकारी प्रधानमन्त्रीको अधिकारभित्र रहेको हुन्छ कि सम्बन्धित मुलुकको संविधानअनुसार हुन्छ ?

तेस्रो प्रश्न : -संसद विघटनको विषय संवैधानिक विषय नभई विशुद्ध राजनीतिक विषय हो कि होइन ? संवैधानिक र राजनीतिक विषय छुट्याउने आधार के हुन्छ ? संसद विघटनको विषय न्यायिक पुनरावलोकन हुनसक्छ कि सक्दैन ?

चौथो प्रश्न : – एउटा नागरिक र कानून व्यवसायीको हैसियतले अदालतबाट के निर्णयको अपेक्षा गर्छु  ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४