Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘संघीय तानाशाहलाई नरोके हरेक प्रदेशमा तानाशाहहरु जन्मिन्छन्’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३ २०७७
  • 4K
    SHARES

काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहको संज्ञा दिएका छन् ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा जवाफी बहस गर्दै ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले संघीय तानाशाह (केपी ओली) लाई नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाहहरु जन्मिने बताए ।

‘अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि विघटन गरिदिइहाल्ने, अहिले भएको त्यही हो’ भण्डारीले भने, ‘संघको यो नजीर कायम गरिदियो भने प्रदेशहरुमा समेत अविश्वासका प्रस्तावहरु आउनै सक्दैन । यो बुझेर संघीय तानाशाहलाई रोकिएन भने हरेक प्रदेशमा सात वटा तानाशाह जन्मिन्छन् । एउटा तानाशाह भनिरहँदा सात-सात वटा जन्मिन्छन् ।’

उनले मुलुकमा अरु तानाशाहहरु जन्मिन नदिन अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने जिकिर गरे ।

‘लालमोहर लागेपछि होइन, राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ’

प्रतिनिधिसभा विघटन भएर लामो समय राजपत्रमा सूचना प्रकाशित नभएकोतर्फ इंगित गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले कुनै पनि सरकारी निर्णय लालमोहर लागेपछि नभई राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए ।

‘लालमोहर लागेको मितिमा निर्णय लागू हुँदैन, राजपत्र जारी भएको मितिमा निर्णय लागु हुन्छ’ उनले भने ।

प्रतिनिधिसभा विघटन पुस ५ गते भएको थियो । तर, राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजालसमा माघ ८ गते कुरा उठेको थियो । त्यसपछि सरकारले माघ ९ गते संसद विघटनको सूचना राजपत्रमा प्रकाशन गरेको थियो ।

राजपत्रमा सूचना प्रकाशन हुनुभन्दा अघि संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोले उक्त अविश्वासको प्रस्ताव वैध रहेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४