Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गिनियामा इबोला देखियो, सरकारद्वारा महामारीको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३ २०७७
  • 2.3K
    SHARES

एजेन्सी । पश्चिमी अफ्रिकी देश गिनियामा फेरि इवोला भाइरसको प्रकोप देखा परेको छ । भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जनामा पनि संक्रमण देखिएको छ । यससँगै गिनियामा औपचारिक रुपमा नयाँ भाइरस प्रकोपको घोषणा गरिएको छ ।

लाइबेरियाको सिमाना नजिक रहेको गोउके भन्ने स्थानमा बिरामी परेका ७ जनामा झाडापखाला, बान्ता हुने र रगत बग्ने लक्षण देखा परेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । संक्रमित बिरामीहरूलाई उपचार केन्द्रमा अलग्गै राखेर उपचार भइरहेको छ ।

स्वास्थ्यमन्त्री रेमी लामाहले यस अवस्थाको सामना गर्नुपरेकोले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अनुरूप सरकारले इबोला महामारीको घोषणा गरिएको बताउनुभएको छ । यसअघि सन् २०१३ देखि २०१६ मा पनि गिनियाबाट सुरु भएको भाइरस संक्रमणबाट ११ हजार भन्दा बढीको ज्यान गएको थियो । त्यतिबेला गिनिया, लाइबेरिया र सियरा लियोन सबैभन्दा धेरै प्रभावित भएको थियो ।

पछिल्लो इबोला निदानको पुष्टि गर्नको लागि दोस्रो चरणको परीक्षणहरू सञ्चालन भइरहेको बताइएको छ । गिनिया सरकारले इबोला नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य एजेन्सीहरूसँग सहयोगका लागि अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४