Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताको विश्वासमा तातोपानी खन्याइयो : मुख्यमन्त्री राई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३ २०७७
  • 3K
    SHARES

प्रदेशसभाको तेस्रो वार्षिक कार्यक्रममा आफूमाथिको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको मुख्यमन्त्री राईले बताएका छन् ।

विपक्षीले गरेका यी सबै कार्यहरु जनविरोधी भएको बताउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत प्रयास भएको पनि उनले बताएका छन् । साथै, नेकपा प्रचण्ड–माधव समूहले आफूविरुद्ध गरेको अविश्वासको प्रस्तावलाई सामना गर्ने पनि उनले बताए ।

संसदीय व्यवस्थाको प्रचलित नियमविपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईले बताएका छन्।

यसैगरी प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने पनि उनले बताए । उनले भने, ‘प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको छ र अबनामको पनि चाडै टुङ्गो लगाउनेछ ।’

मुख्यमन्त्री राईका अनुसार सत्तारुढ दलभित्रैबाट सरकार ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमश प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर ६ महिने, ९ महिने सरकार बनाउने खेल सुरु भएपछि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीद्वारा संसद भङ्ग गरिएको हो ।

पशून्यबाट सुरु भएको प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको पनि उनले बताएका छन् । प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण कामको सूचीसहितको गोजी पुस्तिका सार्वजनिक गरेको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४