Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बारामा मेयरसहित ४ जना प्रहरी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३ २०७७
  • 3.3K
    SHARES

बारा । किर्ते हस्ताक्षर गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिकाका मेयरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

चालु आर्थिक वर्षको नगर परिषदमा उपमेयर रिमा देबी कुशवाहा सहित कार्यपालिका सदस्यहरूले अधिकाशं हस्ताक्षर किर्ते रहेको भन्दै उजुरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । चारजना मध्ये मेयर विजय शंकर यादवलाई भने तारेखमा छाडिएको छ ।

मेयर यादवलाई सोधपुछ पछि जुनसुकै बेला उपस्थित हुने शर्तमा छाडिएको र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिओम जयसवाल, लेखा अधिकृत सर्वेन्द्र चौधरी, र योजना अधिकृत जितेन्द्र यादवलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्याालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका चारैजनाको हस्ताक्षर जाँचका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । किर्ते गरेको प्रमाणित भए उनीहरूलाई सात वर्ष कैद र ७० हजार जरीवना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४