Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमी वायुको प्रभावले आज मुलुकका केही स्थानमा बर्षा हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २ २०७७
  • 10.4K
    SHARES

महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भागमा हुस्सु÷कुहिरो लागेको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभाव आगामी बुधबारसम्म कायम रहने जानकारी दिनुभयो । विगत दुई दिनदेखि मौसममा आइरहेको फेरबदलका बाबजुद अहिले पश्चिमी वायु सक्रिय रहेकाले देशभर पूर्वदेखि पश्चिमी उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम बदली भए पनि थोरै स्थानमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानमा हल्का हिमपातको हुनेछ ।

उच्च पहाडी भेगमा थोरै क्षत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुनेछ । रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार प्रदेश नं १ मा आंशकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम आठ र अधिकतम तापक्रम २१ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । -रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४