Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ओली समूहले बुटवलको सभामा आउनेलाई लालपुर्जा बाँड्ने भ्रम छर्‍यो’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 7.2K
    SHARES

सत्ता र पदको चरम दुरुपयोग : कांग्रेस

बुटवल । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते (आज) बुटवलमा गर्न लागेको शक्ति प्रदर्शनसहितको आमसभामा समर्थकको ठूलो संख्या देखाउन सत्ताको चरम दुरुपयोग गरेको आरोप लागेको छ ।

खासगरी सुकुम्बासी बस्तीका जनतालाई आमसभामा आउनेले लालपुर्जा पाउँछन् भन्ने भ्रम फैलाइएको विपक्षीहरुले ओली समूहमाथि आरोप लगाएका छन् ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका जिल्लाका सुकुम्बासी वस्तीमा घर–घरमा पुगेर ओली समूहका स्थानीय नेता कार्यकर्ताले आमसभामा आए लालपुर्जा पाइने लगायतका आश्वासन बाँडेर सत्ताको दुरुपयोग गरेको नेकपा प्रचण्ड–माधव समूहका नेताहरुको आरोप छ ।

आमसभामा आउनेलाई लालपुर्जा दिइन्छ भनेर झुठो आश्वासन दिँदै ओली समूहका स्थानीय कार्यकर्ताले सुकुम्बासी बस्तीमा भ्रम छरेका बुटवल–२ का बासिन्दा हिकबहादुर दर्लामीले गुनासो गरे ।

घर–घरमा आएर आमसभामा आउन निम्तो दिँदै पर्चा पनि दिने र गोप्य तरिकाले आमसभामा आए मात्रै लालपुर्जा पाइन्छ भनेर ‘ब्ल्याकमेल’ गरेको दर्लामीले बताए । ‘मान्छे धेरै देखाउन उहाँहरुले जसलाई जे भनेर हुन्छ केही बाँकी राख्नुभएको छैन,’ सो समूहका एक प्रदेश सांसदले भने, ‘सुकुम्बासी बस्तीमा पुगेर हाम्रो आमसभामा आउनेको रेकर्ड राखिन्छ र छिटै लालपुर्जा पाइन्छ सम्म भनिएको छ ।’ यस बाहेक गुटको आमसभा तयारीका बैठक, भेला आदि कार्यक्रममा सरकारी गाडी लगायत साधनस्रोतको दुरुपयोग पनि भएको उनले बताए ।

सत्ता र पदको चरम दुरुपयोग : कांग्रेस

असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेर गम्भीर राजनीतिक गल्ती गरेको सत्ता पक्षले आफैं सडकमा प्रदर्शन र आमसभा गर्दै हिँड्नु अनैतिक र सत्ताको चरम दुरुपयोग भएको लुम्बिनी प्रदेश सभाका विपक्षी दलका प्रमुख सचेतक फखरुद्दिन खान बताउँछन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री र मन्त्रीहरु सामान्य सरकारी कार्यक्रम देखाएर पार्टीको कार्यक्रममा सरकारी साधन स्रोत दरुपयोग गरिरहेको खानले बताए । ‘ओली समूहको शक्ति प्रदर्शन पञ्चायती व्यवस्था अन्त्यको पूर्वसन्ध्यामा पञ्चहरुले गर्ने शक्ति प्रदर्शन जस्तै हो, यसले मुलुकमा थप राजनीतिक द्वन्द्व निम्ताउँछ,’ खानले औंल्याए, ‘सरकारले विपक्षीका कुरा सुन्ने हो, तर यहाँ त उल्टै सत्ता र पदको शक्ति दुरुपयोग गरेर सरकार आफै द्वन्द्व निम्ताउँदैछ, सरकारले सडकमा शक्ति प्रदर्शन गर्ने काम तत्काल रोक्नुपर्छ ।’

नेकपा ओली समूहले तुलनात्मकरुपमा आफ्नो बलियो पकड भएको मानिने बुटवलमा आज शक्ति प्रदर्शन गर्दैछ । सो समूहका नेताहरुले बुटवलको आमसभा अहिलेसम्मकै ठूलो र ऐतिहासिक हुने दावी गर्दै आएका छन् ।

सिद्देश्वरी मावि प्राङ्गणमा हुने आमसभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । बुटवलको सभालाई ओली समूहले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४