पछिल्लो २४ घण्टामा १ हजार ९ सय जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५७ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ३१ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जना संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १७ जना महिला र १४ जना पुरुष गरी ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार ४७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३३ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ३३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ६३१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख १३ हजार ५४९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।