Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ईमेजकर्मी आचार्य सम्मानित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 9.5K
    SHARES

सिन्धुपाल्चोक । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट ईमेजकर्मी दुर्गा आचार्य सम्मानित हुनुभएको छ ।

हुतराज अर्थचन्द्र जनहितकारी संस्थाले शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका जिल्लाका दुई पत्रकारलाई वितरण गर्दै आएको पुरस्कारबाट ईमेजकर्मी आचार्य र रेडियो मेलम्चीका देवराज सुवेदी सम्मानित हुनुभएको हो । आचार्य इमेजखबर डटकममा डेस्क इडिटरको रुपमा कार्यरत हुनुहुन्छ ।

सोमबार बसेको संस्थाको कार्यसमिति बैठकले जिल्लाका दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ ।

यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन् । आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसीमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ ।

अहिले संस्थाले दृष्टिविहिन, अपागं, दलित र आर्थिक अवस्था न्युन भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । इन्द्रेश्वरी माविको २७ औं वार्षिकोत्सवको वार्षिकोत्सवको अवसरमा पत्रकारलाई पुरस्कार र विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।

हुतराज अर्थचन्द्र जनहितकारी संस्था २०६८ मा स्थापना भएको हो । यसले जिल्लामा शैक्षिक, सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४