Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गत बर्षको तुलनामा हाइटीमा यो बर्ष थप मानवीय सहायताको खाँचो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 2.1K
    SHARES

उक्त समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाख भन्दा पनि बढी रहेको देखिएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्न लगायतको मानवीय सहायता अवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ ।

यहाँको जनसंख्याकै कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई यसको अवश्यकता रहेकोले यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरु अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ ।

हाइटीमा राजनीतिक संकट शुरु भएको थियो । यस संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्न लगायतको समस्या झेल्नुपरेको बताइएको थियो । त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरु झेल्दै आएका छन् ।

अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको देखिएको छ । यहाँ अहिले पनि हिंसात्मक समूहहरुले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको बताइएको छ ।

यहाँ दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरु पनि पछिल्लो समयमा निकै हुने गरेका छन् । कतिपय नागरिकहरु यो हिंसाको चपेटमा परेर पनि खाद्यान्न लगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन् ।

ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ । रासस\सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४