Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको खोपले महिलाका प्रजनन् क्षमतामा प्रभाव नपार्ने विज्ञको भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 4K
    SHARES

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिला प्रजनन् क्षमतामा कुनै प्रभाव नपर्ने विज्ञहरुले बताएका छन् ।

सामाजिक सञ्जालहरुमा कोरोनाको खोप लगाउँदा महिलाको प्रजनन् क्षमतामा असर गर्ने दाबी गर्ने पोष्टहरु आइरहेका बेला विज्ञहरुले भने त्यस्तो कुनै असर फेला नपरेको जनाएका हुन् । फाइजरको खोपले प्रजनन् क्षमतामा असर पार्ने र बाँझोपन हुने सक्ने दाबी गर्दै नकारात्मक सन्देशहरु सामाजिक सन्जालमा पोष्ट भएका थिए ।

बेलायतको किंग्स कलेजकी प्राध्यापक लुसी चापेलले जैविक रुपमा महिलाको प्रजनन् क्षमतामा खोपले असर गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अरु भाइरसविरुद्धका खोपले पनि प्रजनन् क्षमता कुनै असर नपारेको, पूर्ण सुरक्षित रहेको र गर्भावस्थामा समयमा पनि प्रयोगका लागि सिफारिस भइरहेको बताउनुभयो ।

गर्भावस्थाको स्वास्थ्यसम्बन्धी विज्ञ रहेकी च्यापेलले प्रजनन् र कोरोना खोपको सम्बन्धबारे चासो राख्नु पर्ने विषय नभएको जनाउनुभयो । कोरानाविरुद्धको खोप अभियान चलिरहँदा खोपबारे गलत र भ्रमपूर्ण अफवाहहरु फैलिएका छन् । तर विज्ञहरुले भने यस्ता अफवाहको पछि लाग्न नहुने भन्दै कोरोना महामारी नियन्त्रणका लागि खोप नै उत्तम विकल्प रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४