Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमेर ढल्केपछि पुन्य कमाउँ–कमाउँ लाग्छः प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उमेर ढल्केपछि पुन्य कमाउन मन लाग्ने बताउनुभएको छ । शनिबार बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्यास गर्दैै उहाँले केबलकार निर्माणपछि पाल्पाको कामक्ष मन्दिरमा दर्शन गरेर पुन्य कमाउन सकिने बताउनुभयो ।

‘उमेरमा भन्दा पनि उमेर ढल्केपछि पुन्य कमाउ कमाउ लाग्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिँडेर जान सकिदैँन, केबलकार चढ्यो गयो ।’ केबलबार बनेपछि ज्येष्ठ नागरिकहरुलाई धर्मकर्म गर्न र पर्यटकहरुलाई घुम्नको लागि बुटवल र पाल्पा उत्कृष्ट गन्तव्य हुने बताउनुभयो ।

पछाडि परेको भूमिलाई विकसित गर्दै लगिने सरकारको चाहना अनुसार निजी क्षेत्रले काम गर्न लागेकोमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई धन्यवाद दिनुभयो । विकास निर्माणका कामका लागि सरकार निजी क्षेत्रसँगको सहकार्य गरिरहेको स्पट पादै कामका लागि सरकारको तर्फबाट आवश्यक सहयोग पुग्ने बताउनुभयो ।

३ अर्ब ५२ करोड रुपैयाँको लागतमा निर्माण हुने लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

प्रधानमन्त्रीले अर्को वर्ष फागुन १ गते केवलकार चढेर माथि जान सकियोस् भनि शुभकामना दिनुभएको छ । चन्द्रागिरी हिल्सकै तर्फबाट लुम्बिनी केवलकारको निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४