Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बराल र गुरुङले गरे शुभगुरु फाउण्डेशनको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । शुभगुरु फाउण्डेशनले सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सीप विकासमा योगदान गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सुनचाँदीका गरगहना बनाउने सीप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने उद्देश्य फाउन्डेशनको रहेको छ । शुभगुरु सुनचाँदी गृहका सञ्चालकहरू सूर्य बराल र राधा गुरुङले फाउण्डेशन स्थापना गुर्नभएको हो ।

फाउण्डेशनको आज काठमाडौमा भएको कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सीप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु सुनचाँदी क्षेत्रका लागि नै महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले राज्यले सुनचाँदी क्षेत्रमा भएका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको भन्दै फाउण्डेशनले कालीगढको सिप अभिबृद्धिमा सहयोग गर्ने बताउनुभयो । अध्यक्ष महर्जनले सुनचाँदी व्यवसायीको आर्थिक र सामाजिक उन्नती भए पनि अहोरात्र खटिने कालिगढको क्षमताको उचित मूल्यांकन नभएको अवस्थामा फाउण्डेशनले सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

समाजसेवी तथा फाउण्डेशनका संयोजक सुर्य बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढ र व्यवसायीको ज्ञान, सीप, कला र विद्वताको सम्मान गर्दै सुनचाँदी व्यवसाय क्षेत्रको बृहत्तर विकास, सम्वर्धन र संरक्षण गर्ननै फाउण्डेशनको उद्देश्य रहकोमा जोड दिनुभयो ।

गहनाको परम्परागत निर्माण शैलीलाई आधुनिकीकरण र सहजीकरण गर्न आवश्यक पर्ने औजार र मेसिन खरिद गर्न सहयोग गर्ने बरालको भनाइ थियो । गरिब, पिछडिएका र द्वन्दपीडित विद्यार्थीलाई सीप सिक्नका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम रहेको उहाँको भनाई छ ।

फाउण्डेशनले कालिगढको सीप विकासका लागि १० लाख २५ हजार २५ रुपैयाँको अक्षयकोषसमेत खडा गरेको छ । नेपाल सुनचाँदी कला व्यवसायी संघका केशर सेञ्चुरी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष द्वारिकालाल शंकर, नेपाल सुनचाँदी कला व्यवसायी संघका निर्देशक हरि रसाइली र नेपाल सुनचाँदी कालिगढ संघका अर्जुन विश्वकर्माले नेपालमा कार्यरत चार लाख कालिगढको विषयमा अहिलेसम्म कुनै मुर्त कार्यहरु नभएको अवस्थामा एउटा पसलको पहलमा स्थापना गरिएको फाउण्डेशनको उद्देश्य र सोच महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४