Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन कांग्रेस नेता आचार्यको जोड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 3.1K
    SHARES

रसुवा । नेपाली कांग्रेसका नेता एंव रसुवा जिल्लाबाट तत्कालिन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन माग गर्नु भएको छ।२८५७ औं सोनम ल्होछार लाङ ल्हो (गोरु वर्ग) को अवसरमा आरुखर्क जुरेढुङ्गा युवा समाज नौकुण्ड ( १ रसुवाको आयोजनामा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले रसुवागढी नाका लामो समय देखि पूर्ण संञ्चालनमा आउन नसक्दा नेपाल र चीन वीचको व्यापारिक कारोवार प्रभावित हुनुका साथै रसुवालि दाजुभाइ को गरिखाने बाटो बन्द भएको बताउनु भयो।

ऋण गरेर ४०० भन्दा बढि कन्टेनर खरिद गरेका रसुवालिहरु आज किस्ता तिर्न नसकेर गाडिनै बुझाउने अवस्थामा पुगेको भन्दै उहाँले ४०० भन्दा बढि रसुवालि ड्राइभर र यस संग जोडिएका कैयो को रोजगारि खोसिएको बताउनु भयो।नाका खोल्न को लागि संम्बन्धित निकायहरुमा पटक पटक अनुरोध गर्दा पनि केहि नलागेको ले सबैले आआफ्नो क्षेत्रबाट आवाज उठाउन उहाँले पत्रकार लगायत सबैलाई आग्रह गर्नु भयो।

१ वर्ष देखि नाका पूर्ण संञ्चालनमा आउन नस्कदा पारि रहेका गाडि र १००० भन्दा बढि कन्टेनर सामग्री के कस्तो अवस्थामा छ थाहा नभएको भन्दै नेता आचार्यले कतिपय खाध्य सामग्रीहरुको उपभोग्य मिति गुज्रिसकेको गुनासो व्यापारीहरुले गरिरहेको बताउनु भयो।कार्यक्रममा बाग्मति प्रदेस सभा सदस्य प्रेम तामाङले नाका संञ्चालनमा आउन नस्कदा व्यापारिहरु ठुलो मर्कामा परेको ,ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारिले त आत्महत्या नै गरेको खबर ले दुखि बनाएको बताउनु भयो।

चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको भन्दै उहाँले चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारको तर्फबाट समेत ठोस पहल नभएको आरोप लगाउनु भयो। यो एक प्रकारको अघोषित नाकाबन्दी नै भएको उहाको आरोप थियो।सो अबसरमा कार्यक्रमका अन्य बक्ताहरु उत्तरगया गाउ पालिका प्रमुख उपेन्द्र लम्शाल ,नौकुण्ड गाउ पालिका प्रमुख नुर्पु साङ्बो घले र आमाछोदिङ्मो गाउ पालिका प्रमुख बुचुङ तामाङले नाका पूर्ण रुपमा संञ्चालनमा ल्याउन सरोकारवाला पक्षको घ्यानाकर्णषण गराउनु भयो।

गत बर्ष माघ १५ देखि नाका बन्द छ। सुरुमा ल्होसारका कारण बन्द भएको नाका पछि कोरोना भाइरसको महामारी फैलिएसँगै गत जेठ महिनाको २१ गतेसम्म नाका पूर्ण रुपमा बन्द भयो ।जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको थियो ।त्यस बिचमा पनि पटक पटक नाका बन्द भयो । नियमित रुपमा नाका संचालन हुदा यो नाकाबाट दैनिक सय भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४