Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी सिनेटमा देखाइयो संसद्‍मा आक्रमण भएका नयाँ भिडियोहरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३० २०७७
  • 5.9K
    SHARES

एजेन्सी,/  निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगका सुनुवाइका क्रममा ट्रम्प समर्थहरुले अमेरिकी कंग्रेसमा गरेका आक्रमणसम्बन्धि नयाँ भिडियोहरु अमेरिकी सिनेटमा डेमोक्रेटिक सिनेटरहरुले देखाएका छन् ।

६ जनवरी मा अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकहरुले संसद् भवनमा आक्रमण गरेका नयाँ भिडियोहरु बिहीबार डेमोक्रेटिक सिनेटरहरुले देखाएको जनाइएको छ ।

बिहीबार सिनटेमा देखाइएका भिडियोमध्ये पहिलो भिडियोमा एक पुरुषले सुरक्षाकवच लगाएका र अर्का एक जनाले वरिष्ठ डेमोक्रयाट नेतृ नान्सी पेलोसीलाई खोजिरहेको देखाइएको छ भने ट्रम्प समर्थकहरुको बलजफ्तटी संसद् भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरीहरू आत्तिएको आवाज पनि सिनेटमा सुनाइएको छ ।

डेमोक्रेटिक सिनेटरहरूले पेस गरेको दोस्रो भिडियोमा आक्रमणकारीले ‘उनलाई झुन्डाऊ’ भन्ने नारा लगाएको सुनिन्छ र ट्रम्प समर्थकहरुले उपराष्ट्रपति माइक पेन्सलाई लक्षित गर्दै नाराबाजी गरेको भिडियोमा देखिएको छ । अमेरिकामा नोभेम्बर ६ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्प विजयी भएको प्रमाणीकरण गर्न पेन्सले अस्वीकार गरिदिएका कारण ट्रम्प समर्थकहरुले उनको कडा आलोचना गर्दै आएका थिए ।

तेस्रो भिडियोमा ट्रम्पकी एक समर्थकलाई गोली लागेर मृत्यु भएको देखिएकोे छ जुन भिडियो मोबाइलबाट खिचिएको जनाइएको छ । त्यस्तै, चौँथो भिडियोमा एक सुरक्षाकर्मी भिडमा च्यापिएपछि चिच्याएको सुनिएको छ ।

यी सबै भिडियोहरु ट्रम्प समर्थकहरुले ५ जनवरीमा वासिङ्टनस्थित अमेरिकी संसद् भवनमा आक्रमण गरेका हुन् । गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने निवर्तमान राष्ट्रपति ट्रम्दाले दाबी गरेपछि समर्थकहरु बलजफ्ती रुपमा संसद्मा आक्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४